रुकुम, १९ साउन । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा प्रहरीले २ जना लुटेरा पक्राउ गरेको छ। प्रहरी आयको देखेर उनिहरु भाग्न खोज्दा पाँच राउण्ड हवाइफायर गरेको प्रहरीले जनाएको छ।
चौरजहारी नगरपालिका–३ स्यालखोलाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। प्रक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालीका–१ कौशिलानगरका १९ वर्षीय गोरे थापा मगर र दैलेखको दुल्लु नगरपालिका–१३ लम्सका ३४ वर्षीय खड्कबहादुर बिक रहेका छन्।
उनीहरुको साथबाट कटुवा पेस्तोल जस्तो देखिने सानो हतियार थान एक र भरुवा बन्दुकलाई कटुवा पेस्तोल बनाएको नाल एक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए। चौरजहारी नगरपालिकामा केही दिन यता अवैध हातहातियारसहितको समूहले समूहले डोल्पा, जाजरकोट र रुकुम पश्चिमबाट जडिबुटी तथा यार्सा गुम्बा खरिद बिक्रीका लागी आउने जाने व्यापारीलगायत स्थानीयलाई हातहतियार देखाई चन्दा असुल्ने, फिरौती र लुटपाट गर्दै आएको प्रहरीले बताएको छ। उक्त समूहको गतिविधिलाई नियन्त्रण लिने क्रममा चेकजाँच गर्न खोज्दा केही उनीहरु भाग्न खोजेकाले नियन्त्रणमा हावाइफायर गर्नु परेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्