ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोदावरीमा  छ करोडको योजना सम्पन्न


एबीसी न्यूज
२० श्रावण २०७६, सोमबार   ३ : ४९   बजे

 

काठमाडौँ,  २० साउन  । आर्थिक वर्ष २०७५ र०७६ मा गोदावरी नगरपालिका–३ ले रु छ करोड ३६ लाख ५० हजार ३६० को योजना सम्पन्न गरेको छ ।

सो वडाले आज ‘आव २०७५ र०७६ को वार्षिक समीक्षा’ कार्यक्रमको आयोजना गरी गत आवमा रु ६० लाख बजेट छुट्याएकामा दाता, स्रोत, प्रदेश र सङ्घको तर्फबाट दिएको रकमबाट नगरपालिका र वडा मिलेर ४९ योजना तथा कार्यक्रम सम्पन्न गरिसकेको वडाध्यक्ष बालमुकुन्द घिमिरेले जानकारी गराउनुभयो ।

वडाले गोदावरी कुण्ड मर्मत, साविकको गोदावरी बसपार्कमा ट्रष्ट र शौचालय, फुल्चोकी पैदलमार्ग र दृश्यावलोकन स्तम्भ निर्माण, लेलिनथोकको सडक विस्तार, गोदावरी किटिनीस्थित पानी प्रशोधन केन्द्र, वडा तीनको सामुदायिक भवनमा तला थप्ने, स्थानीय श्याम पौडेलको घरदेखि अमृत श्रेष्ठको घरसम्म गोदावरी खहरे सडक ढलान, डे«न तथा टेवा पर्खाल निर्माण, नौधारामा सत्तल र किरियापुत्री भवन निर्माण, कोट्टारको सार्वजनिक जग्गा र कुवा संरक्षण सम्पन्न गरिसकेको बताएको छ ।

वडाले सार्वजनिक गरेको पत्रअनुसार वडा अध्यक्षको स्वेच्छिक योजनाअन्तर्गत गोदावरीको शान्तिवनदेखि तान्चिनटार जोड्ने गोरेटो बाटो, गोदावरी पुल ठाडो बाटो हुँदै बुद्धटोल जाने सडक, मेतीचउरबाट खहरे जाने बाटो, पाटीबाट पौडोल जाने मोटरबाटो, टुपिखेल ढाँड जाने कच्ची मोटरबाटो, ड्रेन र पाटीबाट जीवनको घरसम्मको बाटो स्तरोन्नति, गोदावरीका स्थानीय राजन सिल्वालको घरदेखि क्षेत्रबहादुरको घर हँुदै पन्थटोल र थापाचउर हुँदै बडिखेल जाने बाटो विस्तार, टौखेल सुन्दर बस्तीमा तीन फिटको बाटो कायम, स्थानीय रमेशको घर अगाडि ठाडो उकालो ढलान, कच्ची बाटोमा ग्राभेलिङ, वडा तीनको चारघरेटोल जाने गोरेटो बाटोमा सिमेन्ट ब्लक छाप्ने तथा कुलोमा ह्युम पाइप राख्ने, रोक्का टोल जाने बाटोको पहिरो व्यवस्थापन, लेलिनथोक लप्सीगैरामा ट्रष्ट निर्माण, पौडोल चियाडाँडा जाने बाटो पिसिसी र गौरीकुण्ड मर्मत भइसकेका छन् ।

यसैगरी वडाले महिलाका लागि क्रिस्टलको चुरा भर्ने र मोजा पञ्जा तथा टोपी बुन्ने, कानूनसम्बन्धी तालीमका साथै महिला स्वास्थ्य स्वयंसेविकालाई अवलोकन भ्रमण गराएको छ । वडाले ज्येष्ठ नागरिकका लागि दिवा भवन, पश्चिमतर्फ मोतिचउरमा शिवलिङ्ग प्रतिस्थापन, निःशुल्क रगत परीक्षण सामग्री खरीदका साथै औषधि वितरण, ज्येष्ठ नागरिक प्रतिक्षालय भवन निर्माण सम्पन्न गरेको छ ।

यसैगरी वडाले बालबालिकाको हितमा शैक्षिक भ्रमण, खोप क्लिनिक, शिविर सञ्चालन गर्नुका साथै थापाचउरमा बालउद्यान निर्माण गरिसकेको छ । वडा नं ३ ले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत गोदावरीको नहरदेखि खानेपानी मुहानसम्म सरसफाइ, भू तथा जलाधार व्यवस्थापन कार्यालयअन्तर्गत टौखेल र बडिखेलमा पहिरो उपचार कार्यक्रम, कार्यपालिकाको तर्फबाट वडा कार्यालय भवनमा रङरोगन तथा मर्मत, कृषि ज्ञानकेन्द्रको बजेटमार्फत भ्याल्कु डोलमा धान पकेट क्षेत्रद्वारा आयोजित तालीम, भ्रमण र टनेलका लागि पाल वितरण, ग्वालीन्द दहबाट टौखेल आउने धाराका लागि पाइप खरीद, पौडोलस्थित ललित घुम्तीमा ड्रेन नभएकाले पानी निकासका लागि पाइप तथा सकेट खरीद, पुल निर्माण गर्नुका साथै गोदावरीमा खेलको विकासका लागि गोदावरी बादो तेस्रो प्रतियोगिता र स्थानीय पर्वमा टेवा पु¥याउन स्थानीय शीर्षकअन्तर्गत नहरमा ल्होसार पर्वमा रकम खर्च गरेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group