ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा अध्यक्ष र पाकिस्तानी राजदूतबीच शिष्टचार भेटघाट


एबीसी न्यूज
२० श्रावण २०७६, सोमबार   ६ : २६   बजे

काठमाडौँ,  २० साउन । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदले शिष्टाचार भेटघाट गर्नुभएको छ ।

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा आज भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताउनुभयो । उहाँले दुई देशको सम्बन्ध एकअर्काको स्वतन्त्रता, स्वाधिनता र परस्पर सहयोगमा आधारित रहेको धारणा राख्नुभयो । अध्यक्ष तिमिल्सिनाले दुई देशबीच जनस्तरको सम्बन्धलाई मजबुद बनाउनका लागि पाकिस्तानले शिक्षा संस्कृति, स्वास्थ्यलगायत क्षेत्रमा गर्दै आएको सहयोग तथा सहकार्यका लागि धन्यवाद व्यक्त गर्नुभयो । भेटमा पाकिस्तानका राजदूत जावेदले नेपाल र पाकिस्तानको सम्बन्ध कुटनीतिक सम्बन्ध स्थापित भएदेखि नै सुमधुर रहेको बताउनुभयो ।

नेपालमा पनि सरकार र जनस्तरको सम्बन्ध बलियो बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको राजदूत जावेदले बताउनुभयो । राजदूत जावेदले पाकिस्तानले आफ्नो ७२ औं स्वतन्त्रता दिवसको अवसरमा यही साउन २९ गते अर्थात अगष्ट १५ तारिकका दिन काठमाडौंमा आयोजना गर्न लागेको समारोहमा अध्यक्ष तिमिल्सिनालाई निम्तो पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार जारी, पुनः बाढी आएपछि नदीको सतह १० मिटरसम्म बढ्यो

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि प्राविधिक टोली परिचालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu