ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुणस्तरीय शिक्षा सरकारको प्राथमिकतामा– नेकपा प्रवक्ता श्रेष्ठ


एबीसी न्यूज
२० श्रावण २०७६, सोमबार   ८ : ४४   बजे

काठमाडौँ,  २० साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरा सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

गोरखाको पालुङटार नगरपालिका–१ खोप्लाङमा अन्नपूर्ण माविको नवनिर्मित भवनको हस्तान्तरण कार्यक्रममा उहाँले भन्नुभयो, “प्राविधिक शिक्षाले हरेक व्यक्तिलाई सक्षम र आत्मनिर्भर बनाउन सहयोग पुग्छ, अब माध्यमिक विद्यालयदेखि नै प्राविधिक शिक्षा अगाडि बढाउने कुरामा सरकार लागिपरेको छ ।”

शिक्षाले व्यक्तिलाई सबल, सक्षम, आत्मनिर्भर र नैतिकवान् बनाउन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रवक्ता श्रेष्ठले शिक्षा, स्वास्थ्यका क्षेत्रमा व्यापार गर्ने छुट कसैलाई नभएको बताउनुभयो । “पैसा कमाउने धन्दा र व्यवसाय, शिक्षा र स्वास्थ्य क्षेत्रलाई बनाइँनु हँुदैन”, उहाँले भन्नुभयो, “पैसा नै कमाउने भए अरू क्षेत्रमा लागेर व्यापार गर्नुपर्छ ।”

निजी क्षेत्रले यसमा लगानी गर्दा सेवाको भाव लिएर आउनुपर्ने भन्दै उहाँले व्यवसाय गरेर पैसा कमाउन चाहनेहरुलाई उद्योेगधन्दा, कलकारखाना खोल्न सुझाव दिनुभयो । “सबै बालबालिकालाई समान शिक्षा, गुणस्तरीय शिक्षा सरकारको प्राथमिकता हो”, उहाँले भन्नुभयो, “यसमा व्यवसाय गर्न चाहनेलाई सरकारले छुट दिनै सक्दैन ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार जारी, पुनः बाढी आएपछि नदीको सतह १० मिटरसम्म बढ्यो

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि प्राविधिक टोली परिचालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu