ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जमीनको वर्गीकरण हुन नसक्दा भूमाफियाले जमीनको खण्डीकरण गरेको छ– सांसद रावल


एबीसी न्यूज
२१ श्रावण २०७६, मंगलबार   ६ : ४१   बजे

 


काठमाडौँ, २१ साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भीमबहादुर रावलले भू–उपयोगसम्बन्धी नीति महत्वपूर्ण भएको बताउनुभएको छ । उहाँले जमीनको वर्गीकरण हुन नसक्दा भूमाफियाले जमीनको खण्डीकरण गरेको आरोप लगाउनुभयो ।

राष्ट्रियसभाले संशोधनमाथि विचार गर्न पठाएको ‘भू–उपयोग विधेयक, २०७५’ को विषयमा बोल्दै सांसद प्रेम सुवालले सार्वजनिक तथा गुठी जग्गाको अतिक्रमण रोक्न भू–उपयोग विधेयक आवश्यक पर्ने बताउनुभयो । उहाँले सार्वजनिक जमीन, ताल र पोखरी अतिक्रमण रोक्न नसक्दा भूमाफियाले जमीन अतिक्रमण गरेको बताउनुभयो । प्रतिपक्षी दलका सांसद पुष्पा भुसालले जमीनको चक्लाबन्दी नगरिकन भूउपयोग विधेयक ल्याउनुको औचित्य नभएको बताउनुभयो ।

सांसद प्रदीप गिरिले जमीन जोत्नेलाई उपलब्ध नगराएसम्म जुनसुकै विधेयक ल्याए पनि जमीनको सही उपयोग नहुने बताउनुभयो । ‘भूउपयोग विधेयक, २०७५’ का सन्दर्भमा सांसद पद्मनारायण चौधरीले बाँझो जमीनलाई उपयोग गर्ने कानून नआएसम्म प्रस्तुत विधेयकले खासै अर्थ नराख्ने बताउनुभयो ।

सांसद भरतकुमार शाहले जनतालाई जमीनको मालिक बनाए पनि जमीन बाँझो राख्न नपाउने कानून ल्याए मात्र भूउपयोग विधेयकको औचित्यता प्रष्ट हुने बताउनुभयो । सांसदहरु लक्ष्मी परियार, उमा रेग्मी, कृष्णभक्त पोखरेल र सञ्जयकुमार गौतमले पनि उक्त विधेयकका सम्बन्धमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group