ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निगमको शानलाई जहाजको उचाइझैँ पु¥याउँछौँ– पर्यटनमन्त्री भट्टराई


एबीसी न्यूज
२१ श्रावण २०७६, मंगलबार   ७ : २८   बजे

काठमाडौँ, २१ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स को सानलाई जहाजकै उचाइ बराबर पु¥याउने गरी सुधारको काम गरिने बताउनुभएको छ ।

राष्ट्रिय पर्यटन पत्रकार सङ्घका प्रतिनिधिमण्डलसँग आज सिंहदरबारमा भएको छलफलमा मन्त्री भट्टराईले राष्ट्रिय ध्वजाबाहक पर्यटक आगमनसँग प्रत्यक्ष जोडिएको विषय हो भन्दै निगमको हालको अन्योलग्रस्त अवस्थालाई सुधार गरी जहाजको उचाइझैँ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “निगमको जहाज जुन हाइट ९३८ हजार फिट उचाइ बाट उड्छ, निगमको सानलाई त्यही उचाइमा पु¥याउनु पर्नेछ, त्यसो भयो भनेमात्र संसारले देख्नेछ, २८ हजार उचाइ त नेपालमै उड्ने छँदैछन् नि ।”

पर्यटनमन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन प्रचारप्रसार र पूर्वाधार विकास दुवै कार्यलाई सँगसँगै अघि बढाइने उल्लेख गर्नुभयो । मन्त्रालयका काम कारवाहीलाई प्रभावकारी बनाउन कार्यतालिका बनाएर काम अघि बढाउने उल्लेख गर्दै मन्त्री भट्टराईले आफू मन्त्रालयमा रहुञ्जेल सम्पूर्ण तागत र इमान्दारीताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पर्यटन क्षेत्रमा धेरै ठूला कुरा नगरिकन सामान्य सुधार गर्ने हो भने पनि परिणाम निस्कने उल्लेख गर्दै मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार, निमार्णाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थल र बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई प्रभावकारी बनाइने बताउनुभयो ।

सङ्घका अध्यक्ष शिव अधिकारीले भ्रमण वर्षलगायत मन्त्रालयका कामलाई सफल बनाउन पर्यटन पत्रकारले सहयोगात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group