ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेरोजगारी अन्त्यका लागि उत्पादनमा जोड दिऔँ– पौडेल


एबीसी न्यूज
२१ श्रावण २०७६, मंगलबार   ८ : ०४   बजे

 

काठमाडौँ, २१ साउन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बेरोजगारी अन्त्यका लागि स्थानीयस्तरमा उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ । तनहँुको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि पारित गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीयस्तरमा उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभयो ।

गाउँमै रोजगारीको अवसर सिर्जना गर्न सकिए आम्दानी हुने र युवाहरु विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “युवाहरुलाई गाउँमा नै रोजगारीको अवसर सिर्जना गर्न सकिए काम खोज्दै विदेश जानुपर्दैन, त्यसका लागि उत्पादन वृद्धिमा जोड दिनु अहिलेको प्रमुख आवश्यकता हो ।”

वरिष्ठ नेता पौडेलले कृषि, जलस्रोत र पर्यटनमार्फत् देशलाई समृद्ध बनाउन सकिने भएकाले तीन तहका सरकारले नै यो क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि क्रान्तिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले पार्टीहरुलाई सुधार्ने जिम्मेवारी जनताको पनि रहेको उल्लेख गर्नुभयो । पार्टी सुधार गर्न नेतृत्व सुध्रनुपर्ने भन्दै उहाँले लोकतन्त्रमा व्यक्ति नभई जनता बलियो हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । दुई तिहाइ जनमत प्राप्त सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको आरोप लगाउँदै उहाँले सरकारको कार्यशैली सच्चिनुपर्ने बताउनुभयो ।

कार्यक्रममासांसद केदार सिग्देल, गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायतले समृद्ध गाउँपालिका बनाउन सबै राजनीतिक पार्टीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष माया रानाले आर्थिक वर्ष ०७६÷७७ का लागि पारित बजेट सार्वजनिक गर्नुभएको थियो । गाउँपालिकाले चालु आवका लागि रु ४८ करोड १३ लाख ७७ हजारको बजेट पारित गरेको छ । कूल बजेटमध्ये चालूतर्फ रु २५ करोड ९४ लाख ३४ हजार र पूँजीगततर्फ रु २२ करोड १९ लाख ४३ हजार विनियोजन गरिएको अध्यक्ष रानाले जानकारी दिनुभयो ।

गाउँपालिकाले पूर्वाधार विकासअन्तर्गत सातवटै महत्वपूर्ण सडकको सञ्जाल बनाई कालोपत्रे शुरुवात गर्ने, कृषिमा आत्मनिर्भर बनाउन कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरण गर्ने, एकीकृत पर्यटन विकास कार्यक्रम तय गरी पर्यटनका पूर्वाधारहरु निर्माण गर्ने, स्वच्छ खानेपानीको अभावलाई न्यूनीकरण गर्नेलगायतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group