ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिञ्चाईमन्त्री र कार्यकारी निर्देशक घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएपछि …(भिडियोसहित)


एबीसी न्यूज
२२ श्रावण २०७६, बुधबार   १२ : ०७   बजे

काठमाडौं, २२ साउन ।  जुम्लाका सांसद गजेन्द्रबहादुर महतले ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका दिनुभएको छ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले जुम्लाको विद्युत समस्याबारे कुरा गर्न खोज्दा मन्त्री पुन र घिसिङले फोन नउठाएको तथा भेट्न पनि समय नदिएको भन्दै श्री ३ को संज्ञा दिएका दिनुएको हो ।

जुम्ला सदरमुकाम अहिले अन्धकार रहेको भन्दै सांसद महतले भन्नुभयो ‘यति मिडियामा आइसक्यो, यति सामाजिक सञ्जालमा आइसक्यो हामीले यति फोन गर्‍यौं, हाम्रा श्री ३ महाराजलाई । हाम्रा श्री ३ महाराज को हो भने कुलमान घिसिङ, अर्का श्री ३ महाराज हुनुहुन्छ वर्षमान पुन ।’

उहाँहरुले फोन पनि नउठाएको र भेट्न समय पनि नदिएको महतले बताउनुभयो । ‘यी श्री ३ महाराजको फोन कसरी उठ्ने हो ? भेट कसरी गर्ने हो ? हाम्रो जिल्लाको समस्या कसरी राख्ने’ उनले सोधे ‘के विद्युत प्राधिकरण छैन नेपालमा, जुम्ला जिल्ला भन्ने छैन ?’

जुम्लामा अहिले मोवाइल फोन चलाउन पनि समस्या भएको सांसद महतले गुनासो पोख्नुभयो । ‘हामीले यति प्रगति ग¥यौं भनेर यिनीहरु कुर्लेको कुर्ल्यैं छन् । इन्डियालाई बत्ती बेच्छौं भन्दैछन्’ उहाले भन्नुभयो ‘कृपया जुम्लालाई बेचिदिनिुस्, तपाईहरुसँग कति विजुली छ, हामीलाई बेचिदिनुस् ।’

जुम्लामा विजुली समस्याको समाधानका लागि अहिले डिजेल प्लान्ट राख्न लागेको भन्दै उहाले जुम्लाको समस्या हेरिदिन मन्त्री पुन र कार्यकारी निर्देशक घिसिङलाई आग्रह गर्नुभयो । उहँले अन्तिममा भन्नुभयो ‘यिनीहरुले जहाँबाट कमिसन आउँछ त्यहीँमात्र विजुली विस्तार गर्छन् भन्ने सुनेको थिएँ, आज विश्वास लागेको छ ।’

सांसद महतका अनुसार २०३८ सालमा स्थापना गरिएको २ सय किलोवाटको लघु जलविद्युत आयोजना बिग्रेपछि जुम्ला अहिले अन्धकार छ । उक्त आयोजना सञ्चालनमा आउन अझै ३/४ महिना लाग्ने सांसद महतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राहत वितरणका विषयमा गल्छीका वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन

त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार जारी, पुनः बाढी आएपछि नदीको सतह १० मिटरसम्म बढ्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu