ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणहिटी दरबारको महत्वपूर्ण दस्तावेज कस्ले लग्यो ?


एबीसी न्यूज
२२ श्रावण २०७६, बुधबार   १० : ३७   बजे

काठमाडौं, २२ साउन । तत्कालीन नारायणहिटी राजदरबारको महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्य सुरु गरेको छ।

संसदीय समितिले उक्त दरबारको महत्वपूर्ण दस्तावेजहरुमा चासो देखाएको हो । राष्ट्रिय महत्वको दस्तावेजको अभिलेख राख्‍ने दायित्व पाएको संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तत्कालीन राजाहरुले नारायणहिटी दरबारमा राखेका महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्यलाई अघि बढाएको हो।

यसै अभियान अन्तरगत समितिले सरकारलाई दस्तावेज र त्यसको विवरण उपलब्ध गराउन पत्राचार गरेपछि सरकारले त्यस पत्रको जवाफ समेत दिन सकेको छैन।मंगलबार समितिको बैठकमा उपस्थिति भएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि ती सबै दस्तावेज सरकार कहाँ आए/नआएको एकीन नभएको जवाफ दिनसभयो । उहँले उक्त दस्तावेज पूर्व राजा ज्ञानेन्द्र शाहसँगै गयो की भनि आशंका समेत ब्यक्त गर्नु भयो । ‘त्यतिबेला सबै राष्ट्रिय महत्वका दस्तावेज दरबारमा केन्द्रित थिए,’ यता आएकी आएनन् एकीनका साथ भन्‍न सकिने अवस्था छैन, के के दस्तावेज थिए भन्ने जानकारी भएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

तिनीहरुको खोजी गर्ने क्रममा के–के छुटे बुझ्न सकिन्छ । सबै हस्तान्तरण नभएको बुझेका छौ, पूर्व ज्ञानेन्द्र राजा शाहसँगै गयो कि ? मन्त्री ज्ञवालीले समितिको बैठकमा आफैमाथि प्रश्न पनि गर्नु भयो, ‘नारायणहिटी दरबारमा महत्वपूर्ण दस्तावेज त्यहीँ बाँकि छ वा कुनै ढंगले नष्ट भयो ? त्यसको बारेमा एकीन ढंगले भन्न सकिने अवस्था छैन।’

बैठकमा समितिका सभापति रामनारायण बिडारीले सुगौली सन्धियताका नेपालको नक्सा, राष्ट्रिय महत्वको अभिलेख र नेपालले गरेका अन्तराष्ट्रिय सन्धिसम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई पत्राचार गरिएपनि जवाफ नआएको बताउनु भयो ।

समितिका सदस्य राधेश्याम अधिकारीले नारायणहिटी राजदरबारका महत्वपूर्ण दस्तावेज कहाँ छन भनि मन्त्री ज्ञवालीलाई प्रश्न गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group