ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वास्तविक नागरिकलाई नागरिकता प्राप्त गर्नबाट वञ्चित गर्न नहुने


एबीसी न्यूज
२२ श्रावण २०७६, बुधबार   ४ : ०२   बजे

काठमाडौँ, २२ साउन । नेपालमा नै जन्मी हुर्केका वास्तविक नेपाली नागरिकलाई नागरिकता पाउनबाट वञ्चित गर्न नहुनेमा यहाँ आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिनुभएको छ ।

महिला कानून तथा विकास मञ्च, सेन्टर फर एडभान्सड स्टडिज इन साउथ एसियाको आयोजना तथा वर्किङ फर नोन डिस्क्रिमिनिटी एण्ड इक्वालिटीको सहयोगमा ‘नागरिकता प्राप्तिमा समान अधिकार प्राज्ञिक छलफल कार्यक्रम’मा उहाँहरुले नेपालको नागरिकतासम्बन्धी कानूनमा ‘वा’ तथा ‘र’ को प्रयोगबाट धेरै नागरिकले नागरिकता प्रमाणपत्र पाउनबाट दुःख पाएको मात्र नभई वञ्चितसमेत भएको तथा सरकारी अधिकारीहरुलाई दुःख दिने अवसर मिलेको बताउनुभयो ।

सो अवसरमा सङ्घीय संसद् राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले नागरिकताजस्तो संवेदनशील विषयमा कानून बनाउँदा सबै सरोकारवालासँग छलफल गरेर निष्कर्षमा पुगेर मात्र बनाउनुपर्ने बताउनुभयो ।

उहाँले तराई मधेश जहाँसुकै बसोवास गरेको भए पनि वास्तविक नेपाली नागरिकलाई नागरिकता दिन आनाकानी गर्ने तथा वञ्चितै गर्ने काम कतैबाट हुन नहुने बताउनुभयो । श्रेष्ठले असहमतिबीच सहमतिको दस्तावेजका रूपमा आएको वर्तमान संविधान विगतका संविधानहरुभन्दा प्रगतिशील रहेको तर त्रुटिरहित भने नरहेको बताउनुभयो ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधानमा भएका व्यवस्थाको सार्थक प्रयोग तथा पालना हुनुपर्ने बताउनुभयो । उहाँले सरकारी पदाधिकारीहरूमा सोच्ने संस्कार, आग्रह तथा पूर्वाग्रह एवं भेदभाव भएसम्म समाजमा परिवर्तन नहुने बताउँदै आमाको नामबाट पनि नागरिकता दिन कुनै समस्या नभएको बताउनुभयो ।

पूर्वराजदूत विजयलाल कर्णले काठमाडौँका जनतामा मैथली र भोजपुरी भाषा बोल्ने बित्तिकै भारतीय भन्ने गरेकामा दुःखेसो व्यक्त गर्दै दौरासुरुवाल लगाउने व्यक्ति मात्र नेपाली नागरिक हो भन्ने मानसिकता त्याग्नुपर्ने बताउनुभयो ।

राससका नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले नागरिकताजस्तो गम्भीर विषयमा सरोकारवालाहरुबीच छलफल तथा अन्तरक्रिया निरन्तररूपमा चल्नुपर्ने बताउनुभयो ।

अधिवक्ता प्रकाश महर्जन र डा अरुण गुप्ताले नागरिकताको सम्बन्धमा कार्यपत्र पेश गर्नुभएको सो कार्यक्रममा पाटन क्याम्पसका प्रा दीपेन्द्रविक्रम सिजापति, कानून व्यवसायी सुरेश श्रेष्ठ, विद्यार्थी दीपक बस्ताकोटी, रीता मैनालीलगायतका वक्ताले आफूहरुले नागरिकता लिँदा झेल्नु परेका समस्यामाथि चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group