ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिया क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध– मन्त्री खनाल


एबीसी न्यूज
२२ श्रावण २०७६, बुधबार   ४ : ४१   बजे

काठमाडौँ, २२ साउन । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले झापा र इलामका चिया किसानलगायत सरोकारवालासँग छलफल गरेको छ ।

चियाखेती शुरु भएको करीब १५० वर्ष बिते पनि अझै पनि चियाबाट राम्रो लाभ लिन सकिएको छैन । कहिले श्रमिकले तोकिएको गुनासो त कहिले हरियोपत्ती नबिकेको पीडा सधैँ समस्यै समस्याबाट गुज्रिरहेको समयमा मन्त्रीले नै अवलोकन गर्दा केही समस्या समाधान हुने सरोकारवालाको बुझाइ छ ।

“अन्य खेतीलाई जस्तो चियालाई सरकारले कहिल्यै हेरेन । हामी निजी क्षेत्रकै जोडमा मात्र चिया क्षेत्र चलेको छ ।” चिया उद्यमी तथा गोर्खा टी स्टेटका मालिक उदय चापागाईंले रासससँग भन्नुभयो, “चियाको समस्या हल गर्न गठित समितिले बनाएको प्रतिवेदन पनि मन्त्रालयमै थन्किएको छ । त्यसको कार्यान्वयन गराउन पनि मैले मन्त्रीलाई सुझाव दिएको थिए ।”

चापागाईंले चियामा सहुलियत र अनुदान दिन सकेमात्रै पनि देशको व्यापार घाटा धेरै हदसम्म घट्न सक्ने भएकाले सरकारको ध्यानाकर्षण हुनुपर्नेमा मन्त्रीलाई सुझाव दिइएको बताउनुभयो ।

सरकारले सुविधा नदिएकै कारण चिया क्षेत्र पछि परेको भन्दै यसतर्फ सरकार गम्भीर भएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका थिए । राज्यले विभेदकारी नीति लिएकै कारण चियामा समस्या निम्तिएको चिया उत्पादन सहकारी संस्थाका जिल्ला अध्यक्ष प्रेमराज गुरुङले बताउनुभयो ।

“सरकारले आम्दानी मात्र लिने तर लगानी नगर्ने परम्परा रहेकाले चियालाई विभेद भएको छ । यो नीति खारेज गर्नुपर्छ ।” मन्त्रीसँगको भेटमा चिया उद्यमी, सहकारी, साना किसानले ज्ञापनपत्र बुझाएका थिए ।

बहुफाइदाकारी कृषिजन्य उत्पादन चियाखेती, व्यवसाय र चिया क्षेत्रको एकीकृत र दिगो विकासका लागि सरकारी, निजी र सम्बद्ध सबै क्षेत्रबाट समन्वयात्मक प्रयत्न गरी चियालाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा समावेश गरेर अघि बढ्न ढिलाइ भइसकेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएको बताइएको छ ।

आफ्नो तीन दिने भ्रमणका क्रममा मन्त्री खनालले चिया प्रतिवेदनका बारेमा समेत अध्ययन गरेर कार्यान्वयन गर्ने र प्राङ्गरिकरूपमा चियाखेती गर्ने किसानलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सरकारले घोषणा गरेका चिया क्षेत्रलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “मजदूर, उद्योग र बजारीकरणमा देखिएका समस्याको विषयमा सरकार गम्भीर छ ।”

मन्त्री खनालले भन्नुभयो, “चिया क्षेत्रलाई जोगाउन सरकारले छिट्टै योजना बनाएर समस्याको समाधान गर्नेछ ।” अहिले चिया खेतीका लागि मल अभाव भएको गुनासो आइरहेको र यसको समाधान गर्न आफू लागिपरेको पनि उहाँले बताउनुभयो ।

मन्त्री खनालले देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको चिया क्षेत्रमा दिगो समाधानका लागि चिया क्षेत्र समस्या समाधान उच्चस्तरीय कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनमा सरकार अडिग रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group