ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काङ्ग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता– महामन्त्री कोइराला


एबीसी न्यूज
२२ श्रावण २०७६, बुधबार   ५ : १५   बजे

काठमाडौँ, २२ साउन । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस तनहुँले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काङ्ग्रेसलाई एकजुट बनाउने नेतृत्व आवश्यक रहेकामा जोड दिनुभयो ।

“काङ्ग्रेसलाई नयाँ दिशा दिनसक्ने सभापति अबको महाधिवेशनबाट निर्वाचित हुनुपर्छ”, महामन्त्री कोइरालाले भन्नुभयो, “त्यसका लागि कार्यकर्ताले आजैदेखि मानसिकता बनाउनुपर्छ ।” पार्टीभित्र रहेको गुट/उपगुट अन्त्य गर्दै काङ्ग्रेसलाई एक ढिक्का बनाउने नेतृत्व कार्यकर्ताले रोज्नुपर्ने उहाँले बताउनुभयो ।

“मैले यसो भनिरहँदा पार्टी सभापति शेरबहादुको विरोध गरेको होइन,” उहाँले भन्नुभयो, “तर पार्टीभित्र नेतृत्व परिवर्तनको खाँचो छ, नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने पक्षको व्यक्ति म हुँ ।” काङ्ग्रेसलाई कसैले पनि हराउन नसक्ने दाबी गर्दै महामन्त्री कोइरालाले हारे आफ्नै कारणले मात्र हार्ने ठोकुवा गर्नुभयो ।

उहाँले पार्टीको प्रदेश संरचना गठन हुन बाँकी रहेकाले प्रदेशको संरचना टुङ्गो लगाएपछि पार्टीको महाधिवेशन हुने जानकारी गराउनुभयो । “अहिले प्रदेशमा चुनाव गराएर भन्दा पनि सर्वसम्मत प्रक्रियाबाट नेतृत्व चयन गर्नेतर्फ पार्टीमा छलफल भइरहेको छ,” उहाँले भन्नुभयो ।

उहाँले मातृशोकमा रहनुभएका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई आज नै भेटी समवेदना प्रकट गर्नुभएको छ । कोइरालाले दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई समवेदना व्यक्त गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शान्ति सम्झौताको २० वर्षपछि पनि बेपत्ता परिवार न्यायको प्रतीक्षामा

राहत वितरणका विषयमा गल्छीका वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu