ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रिका बिक्रीको रकम एसिड पीडित सङ्गीतालाई


एबीसी न्यूज
२३ श्रावण २०७६, बिहिबार   १ : १३   बजे

 

काठमाडौं, २३  साउन ।  एसिड आक्रमणपीडित सङ्गीता मगरको अनुहारको सल्यक्रियाका लागि पर्यटन व्यवसायी महिला विष्णु गुरुङ ‘एकता’ले पत्रिका बिक्री गरेर सहयोग रकम सङ्कलन गर्न थाल्नुभएकोे छ । मगर २०७१ साल फागुन १० गते ट्युशन पढ्ने क्रममा एसिड आक्रमणमा पर्नुभएको थियो । सन् २०१२ मा क्यालिफोर्नियामा गठित नेपाली वुमन ग्लोबल नेटवर्कको संस्थापक अध्यक्ष तथा लेकसाइडस्थित होटल दिदीको सञ्चालक गुरुङले आफूद्वारा प्रकाशित तथा सम्पादित ‘साहसी महिला’ द्वैवार्षिक पत्रिका बिक्रीको रकम पीडित मगरको अनुहार शल्यक्रियाका लागि सङ्कलन गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “समाजमा महिलामाथि विभिन्न खालका हिंसा भएका छन् । यो डरलाग्दो घटना हो । हिंसा न्यूनीकरणको अभियानसँगै पीडितको गुमेको आत्मविश्वास र हराएको सुन्दरता फर्काउन पहल थाल्नुपर्छ ।” ‘ज्ञान लिऊँ मद्दत दिऊँ’ भन्ने आह्वानका साथ उक्त पत्रिका किनेर सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो । सो पत्रिका महिला पर्यटन व्यवसायी मञ्च ९ओटेफ०को वार्षिक साधारणसभामा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले लोकार्पण गर्दै एसिड आक्रमण अपराधको चरमरुप भएकाले यस्ता सामाजिक अपराध न्यूनीकरणको पहलमा सबै जुट्नुपर्ने धारणा व्यक्त गर्नुभयोे ।

पवित्र सोचले काम गरे सबैको साथ र सहयोग पाइन्छ भन्दै उहाँले महिलाका कति कुराहरु लिपिबद्ध हुन नसक्दा कतिपय महिलाको इतिहास नै मेटिएकाले विभिन्न क्षेत्रका महिलाको योगदानलाई पुस्तक तथा यस्तै पत्रपत्रिकामा लिपिबद्ध गर्न जरुरी रहेको बताउनुभयोे । महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष जमुना पराजुलीले कानून बनाएर मात्रै महिला हिंसा न्यूनीकरण नहुने भन्दै सचेत र बौद्धिकजगत्बाट समतामूलक सामाजिक न्यायका लागि आवाज बुलन्द गर्नुपर्ने बताउनुभयो ।

साठी पृष्ठको पत्रिकामा विभिन्न क्षेत्रमा कार्यरत महिलाको सङ्घर्ष एवं प्रेरणाका कथा समेटिएको छ । रु १०० मूल्य रहेको उक्त पत्रिकाको ९० थान बिक्रीबाट नौ हजार सङ्कलन हुनाका साथै सम्पादक गुरुङले आफ्नो जन्मदिनको अवसरमा रु २१ हजार थपेर पहिलो चरणमा ३० हजार सङ्गीता प्रतिष्ठानलाई प्रदान गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group