ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सङ्ग्रहालयलाई नमूनाको रुपमा विकास गर्नुपर्छ– मन्त्री पुन


एबीसी न्यूज
२३ श्रावण २०७६, बिहिबार   ३ : ४४   बजे

काठमाडौं, २३  साउन । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पोखरा–९ स्थित गण्डकी प्रदेश सङ्ग्रहालयमा नवनिर्मित प्रदर्शनी कक्षको आज एक समारोहबीच उद्घाटन गर्नुभयो ।

पुरातत्व विभागद्वारा निर्मित सो प्रदर्शनी कक्षमा विष्णु, भीमसेन, तिब्बती कलाशैलीको लामा धर्म गुरु र हिमाली लामाको मूर्तिलगायत १८ औँ शताब्दीका मूर्तिहरु राखिएको छ । साथै तमु समुदाय अर्थात् गुरुङको तीन पुरोहित क्रमशः पच्यू, कलेप्री र वोन्पोलामका मूर्ति पनि प्रदर्शनी कक्षमा राखिएको छ ।

त्यस्तै पर्यटकहरुलाई दुई सय पुरानो नेपालको संस्कृतिलगायतका विषयमा जानकारी गराउनका लागि दमाहाजस्तै सानो आकारको एकनाले बाजा ट्र्याम्पो, गन्धर्व जातिको लोकबाजा, ढ्याङ्ग्रोलाई गजाको सहायताले बजाउने बाजा, ढोलक, डम्पूm र मादललगायतका पुरातात्विक वस्तुहरुसमेत प्रदर्शनी कक्षमा राखिएको गण्डकी प्रदेश सङ्ग्रहालयको कार्यालयले जनाएको छ ।

सो अवसरमा मन्त्री पुनले प्रदेश सङ्ग्रहालयलाई नमूनाको सङ्ग्रहालय बनाउनका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै प्रदर्शनी कक्षलाई आयआर्जनका साथै अध्ययनको थलोका रुपमा विकास गर्नुपर्ने र यसका लागि प्रदेश सरकारको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

सङ्ग्रहालयले संस्कृति, संस्कार, जीवनपद्धति र कलाको प्रतिनिधित्व गर्ने गरेकाले यसको संरक्षण एवं संवद्र्धन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले चालू आवमा प्रदेश सङ्ग्रहालयका लागि रु एक करोड विनियोजन गरिएको जानकारी दिदैं ३५ वर्ष पुरानो सङ्ग्रहालय भए पनि सो अनुरुप प्रगति गर्न नसकेको बताउनुभयो ।

प्रदेश सङ्ग्रहालय कार्यालयका प्रमुख करुणा राईले सङग्रहालयको विकास, विस्तार, उपयोगिता र संरक्षणका विविधपक्षमाथि प्रकाश पार्नुभभयो । कार्यक्रममा तमु पेलु सङ्घका अध्यक्ष ओमबहादुर गुरुङ, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयका प्रबन्ध निर्देशक शङ्करबहादुर गौतम, वडा नं ९ का अध्यक्ष रामराज लामिछानेले सङग्रहालयको संरक्षण तथा सरसफाइमा जोड दिनुपर्ने बताउँदै यसको विकास तथा विस्तारका लागि प्रचारप्रसारको खाँचो देखिएको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शान्ति सम्झौताको २० वर्षपछि पनि बेपत्ता परिवार न्यायको प्रतीक्षामा

राहत वितरणका विषयमा गल्छीका वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu