ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनै तहका सरकार मिलेर रामग्रामको विकास गर्छौँ– मन्त्री भट्टराई


एबीसी न्यूज
२३ श्रावण २०७६, बिहिबार   ६ : १०   बजे

काठमाडौं, २३  साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले तीनै तहका सरकार मिलेर रामग्रामको विकास गरिने बताउनुभएको छ । पश्चिम नवलपरासीको ऐतिहासिक रामग्राम स्तूप क्षेत्रको अवलोकनमा आउनुभएका मन्त्री भट्टराईले स्थानीय अगुवासँगको अन्तरक्रियामा भन्नुभयो, “यो स्तूप क्षेत्रको विकासमा प्रधानमन्त्रीको पनि विशेष चासो रहेको छ, हामी सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकार मिलेर यसको विकास गर्छौँ तर संरक्षण गर्ने काम तपाईँहरुकै हो ।”

मन्त्री भट्टराईले लुम्बिनी गुरुयोजनानुसार रामग्रामको ऐतिहासिकता र पुरातात्विकता संरक्षण हुने गरी विकासका संरचना अघि बढाइने उल्लेख गर्नुभयो । “रामग्राम स्तूप क्षेत्र अब हिजोको जस्तो अवस्थामा हुने छैन, गुरुयोजनाअनुसार हामीले यसको ऐतिहासिकता जोगाएर आवश्यक संरचना बनाउछौँ र भैरहवामा विमानस्थल बनेपछि यहाँ पर्यटन आगमन थप बढ्नेछ”, उहाँले भन्नुभयो ।

सो अवसरमा प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले रामग्रामको विकासमा प्रदेश सरकारले यस वर्ष बुद्ध सङ्ग्रहालय, स्तूप र देउरवा जोड्ने पुल निर्माणका लागि प्रक्रिया शुरु गरिसकेको जानकारी दिनुभयो ।

यसैगरी लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयलेरु सात अर्ब १३ करोडको लागतमा स्तूपको काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी एक वर्षदेखि जग्गा अघिग्रहणको लागि लागिरहेका छौँ, त्यसको फाइल अहिले अर्थ मन्त्रालयमा पुगेको छ, त्यसका साथै यहाँ सङ्ग्रहालय र ध्यान केन्द्र पनि बनाउने योजना बनाएका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शान्ति सम्झौताको २० वर्षपछि पनि बेपत्ता परिवार न्यायको प्रतीक्षामा

राहत वितरणका विषयमा गल्छीका वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu