काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वास्थ्य उपचारपछि स्वदेश फिर्ता हुनुभएको छ ।
उहाँ सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो । आफ्नो भ्रमण अनौपचारिक भन्दै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको सलामी ग्रहण समेत गर्नुभएन ।
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका अन्य मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत विमानस्थलमा पुगेका जानुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्