जनकपुरमा, २७ साउन । जनकपुरमा परीक्षा अगाबै प्रश्नपत्र बाहिर ल्याएको आरोपमा पाँच जनालाइ प्रहरीले पक्राउ परेको छ । एमबीएस पहिलो सेमेस्टरके प्रश्नपत्र आउट गरेको आरोपमा जनकपुरको रामस्वरुप राम सागर बहुमुखि क्याम्पसबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
परीक्षाबाट सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र आउट गरी फोटोकपी गराउने अवस्थामा प्रहरीले ३० बर्षिय लीलाराज शिवभक्तिसहित पाँच जनालाई पक्राउ गरेका छन् । राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम सेमेस्टर अन्तरगत तथ्याङ्कशास्त्र बिषयको परीक्षा हलबाट प्रश्नपत्र आउट भएको धनुषाको प्रहरी उपरीक्षक शेखर खनालले बताए ।
स्थानीय सुजितकुमार मण्डलको फोटोकपी सेन्टरमा प्रश्नपत्रको फोटोकपी गरिरहँदा प्रहरीले गोप्य सुचनाको अधारमा उनीहरुलाई पक्राउ गरेको हो । प्रश्नपत्र बाहिर ल्याउने घटनामा संलगनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर अनुसन्धान थालेको छ ।
प्रतिक्रिया दिनुहोस्