ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्सी गाईमा रोग फैलियो


एबीसी न्यूज
२७ श्रावण २०७६, सोमबार   ३ : ५४   बजे

काठमाडौँ, २७ साउन । दिपायल सिलगढी नगरपालिका–४ को स्थानीय ‘तेडी निमउने’ गाईपालन समूहका किसानलाई निःशुल्क वितरण गरिएका जर्सी गाईमा रोग फैलिएको छ ।

केही दिन पहिले सात किसानलाई पूर्ण अनुदानमा उपलब्ध गराईएका ती जर्सी गाई बिरामी भएपछि अहिले उनीहरू तनाबमा छन् । जर्सी गाईले भने अनुसारको दूध दिनाको साटो बिरामी पर्दै मर्न थालेकाले उनीलाई यस्तो समस्या आइपरेको स्थानीयवासी दिलबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “एउटै गाईले २० लिटरसम्म दूध दिन्छ भनेर हामीलाई दिए, बुढा गाई फेला पा¥यो, गाईले दूध दिनाको साटो मर्नथालेपछि हामी त हैरान भयौँ ।”

अर्का स्थानीयवासी धौलीदेवी कठायतले भन्नुभयो,“जर्सी गाई पायौं, दूध बेचेर आम्दानी गरौला भनेको त उल्टै गाई बिरामी परेर औषधि गर्दैमा पैसा सकिने भयो ।” त्यहाँका अधिकांश किसानले नगरपालिकाबाट गाई बुझेकै दिनदेखि बिरामी परेको बताएका छन् । “गाईको पाठेघर कुहिएको बताइएको छ ।

पिसबबाट कीरासहितको पीप खस्न थालेकाले घरै गन्हाउने भएको छ” उक्त गाईपालन समूहका अध्यक्ष हीरा कठायतले भन्नुभयो, “कुन ठाउँका रोगी गाई हाम्रो फेला पारे रोगी गाई गनाएर गाउँ नै दुर्गन्धित बनाए ।” बिरामी तथा रोग लागेका ती गाईलाई जति औषधि गर्दासमेत निको नहुने गरेको उनीहरू बताउँछन् । नगरपालिकाले बोलपत्र गरेर प्रतिगाई रु ७५ हजारका दरले नगरक्षेत्रका २० किसानलाई हस्तान्तरण गरेको पशुसेवा इकाइका अधिकृत डिलबहादुर साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो,“नगरपालिकाले बोलपत्र गरेर कञ्चनपुर बेलौरीको सिद्धबाबा गाईभैँसीपालन फार्मबाट सो गाई आयात गरेको र गाई राम्रै आएको आफूले जानकारी पाएको थिएँु, अहिले के भयो थाहा भएन ।” ती गाईको मूल्य रु १५ लाख पर्ने जनाइएको छ । किसानको स्याहारसुसार र गोठ व्यवस्थापन नमिलेकाले गाई बिरामी परेको र दूध नदिने समस्या भएको हुनसक्ने पशुसेवा इकाइका अधिकृत डिलबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “गाईलाई आवश्यकपर्ने चिजमा केही कमी कमजोरी भएकाले गाईमा समस्या देखिएको हुनसक्छ, गाई त राम्रै हुन् ।” ती गाईमध्ये एक बाँच्छो शुक्रबार मरिसकेको र टोलभरीका सबै गाई बिरामी परेको सम्बद्ध किसानको जिकिर छ ।

उता गाई आपूर्तिकर्ता सिद्धबाबा गाईभँैसी फर्मका सञ्चालक हीरासिंह विष्टले नगरपालिकाको सम्झौता अनुसारकै गाई आफूले आई आपूर्ति गरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाको माग अनुसारका गाई भारतको बरेली र हरियाणाबाट झिकाएर पु¥याएको हूँ, अहिले त्यता के भएको छ मलाई थाहा भएन् ।” दूध बेच्नका लागि ल्याइएका गाई नै समस्या बन्न थालेपछि स्थानीय किसान दुखी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group