ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षामा रुपान्तरणकारी नीति र कानून ल्याइन्छ – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
२७ श्रावण २०७६, सोमबार   ६ : २८   बजे

काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा क्षेत्रलाई रुपान्तरणका लागि नयाँ नीति र कानून ल्याउने बताउनुभएको छ । ‘शिक्षालय’ राष्ट्रिय मासिकको १५ औँ ‘एजुकेशन अवार्ड २०७६’ प्रदानपछि अध्यक्ष प्रचण्डले विकसित मुलुकले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको उदाहरण लिँदै नेपालले पनि शिक्षालाई प्राथमिकता दिई उपयुक्त नीति र कानून ल्याउन आवश्यक भएको बताउनुभएको हो ।
उहाँले सरकारले विज्ञहरुको सुझावका आधारमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन बुझिसकेको र सङ्घीय शिक्षा ऐनसँगै नयाँ शिक्षा नीति तर्जुमा गर्न खोजेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष दाहालले शिक्षा क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तिलाई सम्मानित पनि गर्नुभयो । सम्मानित हुनेहरुमा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ शिक्षासेवी रत्नमान गुरुङ, ‘इन्स्पिरेशनल अवार्ड’ सांसद् शान्ता चौधरी, ‘एजुकेशन भिजन अवार्ड’ प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, ‘स्कुल अफ दी एयर’ सामुदायिकतर्फ सुर्खेतको जनज्योति मावि र निजीतर्फ बुटवलको न्यू होराइजन माविलाई प्रदान गरियो ।
यसैगरी शिक्षा पत्रकारितातर्फ नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र कारोवार दैनिकका गोपाल सङ्ग्रौला, ‘एक्सिलेन्स अवार्ड’ ग्लोबल केलज एण्ड म्यानेजमेन्ट’, ‘गुडविल एचिभमेन्ट अवार्ड’ नवलपरासीको अक्फोर्ड कलेज, ‘प्रिन्सिपल अफ दी एयर’ नाइटिङ्गेल स्कुलका रञ्जना प्रधान, ‘डेडिकेशन अवार्ड’ खगेन्द्र नेपाल र मानबहादुर बुढा, ‘कन्ट्रयुब्युसन अवार्ड’ शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, ‘क्रियटिभ अवार्ड’ एनसिसिएस कलेज, ‘राइजिङ अवार्ड’ समृद्धि एजुकेशन फाउण्डेशन, ‘बेष्ट टिचर अवार्ड’ हनुमन्तेश्वर मावि, दोलखाका गोपालध्वज श्रेष्ठ र रु २५ हजार राशिको चौधरी ग्रुपको ‘वाइवाइ ज्ञान पुरस्कार बुटवलस्थित कालिका मानविज्ञान माविका विद्यार्थी सविना सुवेदीलाई प्रदान गरियो । शिक्षालय मासिकका प्रधानसम्पादक श्याम तण्डुकारले यस अवार्डलाई क्रमशः स्थानीय तह हुँदै अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गरी शिक्षामा रुपान्तरण गर्न चाहनेलाई प्रोत्साहन गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group