ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहमा सुत्केरीलाई प्रोत्साहन भत्ता


एबीसी न्यूज
२८ श्रावण २०७६, मंगलबार   १२ : ४२   बजे

काठमाडौं, २८ साउन । सुत्केरी भएपछि नियमित स्वास्थ्य जाँच गराउने महिलालाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रोत्साहनस्वरुप रु ५०० भत्ता दिँदै आएको छ ।

सुत्केरी भएपछि नियमितरूपमा गराउनुपर्ने स्वास्थ्य जाँच गराउन प्रोत्साहनस्वरुप महिलालाई भत्ताको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक गजेन्द्र विष्टले बताउनुभयो । “स्वास्थ्य जाँच नगराउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने खतरा बढ्न थालेपछि नगरपालिकाले भत्ता दिने निर्णय गत वर्ष गरेको थियो”, संयोजक विष्टले भन्नुभयो, “नगरपालिकाले नगरभित्रका महिलाको सवालमा यस्तो पहल गरेको हो ।”

सुत्केरी भएपछि २४ घण्टा, तीन दिन र सात दिनमा गराउनुपर्ने स्वास्थ्य जाँच नियमितरूपमा गर्ने महिलालाई रु ५०० दिने व्यवस्था नगरपालिकाले गरेको छ । गत आर्थिक वर्ष नगरपालिकाले प्रोत्साहनस्वरुप स्वास्थ्य जाँच गराउँदा रु ३०० का दरले भत्ता वितरण गरेको थियो । “चालू आवबाट भत्ता रकम बढाएर रु ५०० पु¥याएका छौँ”, विष्टले भन्नुभयो, “नियमित जाँच नगराउँदा रक्तश्राव र बच्चाको तौल कम हुनेजस्ता समस्या देखा पर्न सक्छन् ।”

स्वास्थ्य जाँच गराएवापत प्रोत्साहन रकम पाइने भएपछि नगरपालिकाका अधिकांश सुत्केरी महिलाले नियमित स्वास्थ्य जाँच गर्न थालेको नगरपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा भने ४४३ महिलाले सुत्केरीपछि नियमित स्वास्थ्य जाँच गराएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी चालू आवदेखि नगरपालिकाले ‘उपप्रमुख’ सुत्केरी स्याहार कार्यक्रमसमेत लागू गरेको छ । सो कार्यक्रमबाट सुत्केरी महिलाले रु दुई हजार बराबरको सामान पाउनेछन् । विष्टका अनुसार ७५ प्रतिशतभन्दा बढी महिलाले नियमितरूपमा सुत्केरीपछिको स्वास्थ्य जाँच गराउँदै आएका छन् ।

नगरपालिकामा आर्थिक २०७४/७५ मा ५४९ महिला सुत्केरी भएकामा ५२ महिला मात्रै नियमित स्वास्थ्य जाँच गराउन स्वास्थ्य संस्थामा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group