ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयका कर्मचारी मृतावस्थामा जङ्गलमा फेला


एबीसी न्यूज
२८ श्रावण २०७६, मंगलबार   १२ : ५१   बजे

 

गोरखा, २८ साउन । गोरखा नगरपालिका– १० टक्कसारस्थित बहिरा आवासीय माध्यामिक विद्यालयमा कार्यरत एक कर्मचारी मृतावस्थामा फेला परेका छन् । सोमबार साँझ ८ः३० बजेपछि विद्यालयको काम सकेर घर फर्किएका सोही ठाउँका ५० वर्षीय श्यामहरि घिमिरेको शव स्थानीय कवाडी सामुदायिक वनमा फेला परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले जानकारी दिनुभयो ।

हरेक दिन विद्यालयको काम सकेर साँझ घर फर्कने गरेका घिमिरे हिजो घर नफर्किएपछि परिवारले खोजी गरेको थियो । अध्यक्ष रेग्मीले भन्नुभयो, “विद्यालयमा सोधीखोजी गर्दा बेलुकी खाना खाएर घर गएको भन्ने जानकारी पाएपछि घरजाने बाटो हुँदै खोज्दै जाँदा सडकमा चप्पल र उहाँले बोकेको प्लाष्टिकको झोला देखेपछि प्रहरीलाई खबर ग¥याँै, प्रहरी आएर जङ्गलतर्फ खोजी गर्दा सडकदेखि करीब १०० मिटर तल मृतावस्थामा शव फेला प¥यो ।”

घिमिरेले बोकेको प्लाष्टिकको झोला, झोलामा रहेका टर्चलाइटलगायतका सामान र एउटा चप्पल भने सडकको किनारामा भेटिएको र मृतकको शव भने झाँडीमा फेला परेको हो । घटनास्थलमा पुगेर मृतकको शवको मुचुल्का गरी परीक्षणको तयारी भइरहको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो ।

मृतक घिमिरेको टाउको र घुँडामा गम्भीर चोट भेटिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । “हत्या हो, होइन भन्नेबारेमा अहिले नै केही पुष्टि भइसकेको छैन”, उहाँले भन्नुभयो, “घटनामा बारेमा थप अनुसन्धान भएपछि मात्र केही भन्न सकिन्छ ।” मृतक घिमिरे उक्त विद्यालयमा कार्यालय सहायकको रुपमा १८ वर्षदेखि काम गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group