ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीजि अस्पताल घुस लेनदेनमा संचालन : दूई स्वास्थ्य प्रतिष्ठानमा तालाबन्दी


एबीसी न्यूज
२८ श्रावण २०७६, मंगलबार   २ : १६   बजे

 

लहान, २८ साउन । सिरहाको लहान स्थित रहेको दूई स्वास्थ्य प्रतिष्ठानमा प्रशासनले तालाबन्दी गरेको छ । पाँच पोलिक्लिनिकमा समेत अतिरिक्त कक्षमा तालाबन्दी गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहा ,ईलाका प्रशासन कार्यालय लहान, पत्रकार, उपभोक्ता महासँघका प्रतिनिधिहरुको एक टोलीले अनुगमन गर्दा लिला मदन पोलिक्लिनिक एण्ड प्रसुति गृह प्रा.लि.लहानलाई खारेज हुने गरी बन्द गरिएको छ ।

लिला मदन पोलिक्लिनिकले दूई बर्षदेखि नविकरण नगराएर गर्भपतन, जटिल आँपरेशनलगायत विरामी भर्ना गरेर मोटो रकम असुली गर्दै आएको थियो ।अवैद्य रुपमा सँचालन गरिएको सो लिलामदन पोलिक्लिनिकलाई नविकरण तथा सम्पूर्ण कर चुक्ता गर्न भन्दै ईलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीले तालाबन्दी गर्न लगाएका छन् ।

अनुगमनकै क्रममा लहान ३ स्थित रहेको हिमालयन डेन्टल क्लिनिकलाई समेत तालाबन्दी गरेको छ । हिमालयन क्लिनिक कम्पनीमा मात्र दर्ता गरी सम्बन्धि निकायसँग इजाजत नलिएकोले तालाबन्दी गरिएको छ । मेरी गोल्ड , सेराज पोलिक्लिनिक, चाइल्ड हेल्थ केयर, त्रिशक्ति हेल्थ केयर, लहान एड्भान्स पोलिक्लिनिकलगायतका स्वास्थ्य प्रतिष्ठानमा अनुगमन गरिएको छ ।

अनुगमन टोली देखेपछि राधाकृष्ण डेन्टल क्लिनिकले सटर डाउन गरेर फरार भएका थिए । पोलिक्लिनिकहरुले ई समूहको प्रयोगशाला, एम।सि।एच। सेवा, ईसिजी सेवा, एक्स रे, परिवार नियोजन र बहिरँग सेवा अनिवार्य रुपमा चलाउँनुपर्ने प्रावधान रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा.नागेन्द्रप्रसाद यादवले बताए । डा यादवले तोकिएको सेवा सुविधान भन्दा अतिरिक्त सेवा दिएका पोलिक्लिनिकका कक्षहरुमा समेत तालाबन्दी गरिएको छ ।

यिनीहरुलाई आवश्यक कारवाहीको लागि प्रक्रिया अगाडि बढाउँने बताए । सिरहामा ६५ पोलिक्लिनिक दर्ता रहेको छ भने त्यसमा पाँच वटाको नविकरण भएको छैन । उता, सिरहाका लहान लाइफ केयर हाँस्पिटल प्रा लि फ्रेन्डस् अस्पताल लहान, डिभाइन हेल्थ केयर अस्पताल लहान, सप्तऋषि नर्सिँग होम लहान, कामना नर्सिँग होम लहान ४, सगरमाथा मोडेल हाँस्पिटल गोलबजार, माँ धमनी हाँस्पिटल गोलबजार, रेखा नर्सिँग केयर एण्ड डाइग्नोस्टिक सेन्टर मिर्चैयाको नविकरण समाप्त भएको पाँच बर्ष पुगेको छ ।

 

अवैद्य रुपमा सँचालन रहेको यि निजी अस्पताललाई केही महिना अघि अनुगमन गरी तालाबन्दी गरिएको थियो । नविकरण गर्न यस्ता निजी अस्पताललाई सात दिनको अल्टीमेटम दिएका थिए । तर, हालसम्म नविकरण नहुँदा सरोकारवालाहरुको मिलोमतोमा अवैद्य रुपमै पूनः सँचालनमा रहेको छ । २०७० यता देशभरकै अधिकाँश निजी अस्पतालको नविकरण रोकिएको छ । अस्पताल खोल्ने मापदण्ड पुरा गरेका केही अस्पताललाई मात्र नविकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group