जनकपुरधाम २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले महोत्तरीको एक जना वाडा सदस्यका छोरालाइ एक लाख ६० हजार घुस सहित पक्राउ गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले महोत्तरीको भंगाहा नगरपालिका वाडा नं ८ का वडा सदस्य कारी साहका छोरा मुकेश साहलाई जनकपुरको पिडारी चौकबाट एक लाख ६० हजार घुससहित रंगेहात पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका९९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गर्दा साह पक्राउ परेका हुन्। वडाध्यक्ष मो रफिक आलमसँग मिलेर वडा सदस्य कारीले छोरा मुकेशलाई घुस लिन पठाएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका उपसचिव हरिप्रसाद घिमिरेका अनुसार सडक ढलानको बिल भुक्तानीका लागि समितिसँग वडाध्यक्ष र वडा सदस्यले घुस मागेका थिए । त्यही घुस रकम लिन वडा सदस्यले छोरालाई पठाएपछि गोप्य सुचनाको आधारमा वाडा सदस्यका छोरा मुकेस अख्तियारको फन्दामा परेका हुन् । पक्राउ परेका मुकेशलाई आवश्यक कारवाहीका लागि बर्दिबास कार्यालय लगिएको छ भने छोरा घुससहित पक्राउ परेको खबर पाए लगत्तै वडा सदस्य कारी र वडाध्यक्ष रफिक फरार भएका छन् ।
प्रतिक्रिया दिनुहोस्