ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोरी जन्मेको भन्दै श्रीमतीलाई अस्पतालमै छाडेर हिँडेपछि…..


एबीसी न्यूज
२८ श्रावण २०७६, मंगलबार   ७ : १५   बजे

काठमाडौं, २८ साउन । छोरी जन्मेको भन्दै श्रीमती र नाबालक छोरीलाई छाडेर गएका श्रीमान्को जिम्मा लगाइएको छ । जुम्ला पातारासी गाउँपालिका तल्फी गाउँ निवासी ३५ वर्षीया पुतली महतारालाई स्थानीय प्रशासन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, गाउँपालिका र सरोकारवाला निकायको पहलमा घरमा फिर्ता गरिएको छ ।

अस्पतालमा बच्चा जन्मेपछि श्रीमान् वीरबहादुर बोहराले छोरी जन्मेको चित्त नबुझेपछि सुत्केरीलाई अस्पतालमै छाडेर उनी घरतिर लागेपछि सुत्केरी पुतली साहारा खोज्दै रेडियो नारी आवाजमा पुग्नुभएकाु थियो । श्रीमान्ले छाडेर गएपछि १० दिनको सुत्केरी पुतलीलाई घर जानसमेत कठिन भएपछि सो दिन पत्रकार र प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको पहलमा अस्पतालमा आश्रयका लागि राखिएको थियो ।

आपत्कालीन रुपमा उहाँलाई प्रतिष्ठानको इमर्जेन्सी विभागको अवजरवेसन कोठामा राखिएको थियो । पुतलीको आश्रयनै नभएपछि विशेष हेरचाहसहित निःशुल्करुपमा राखिएको थियो । श्रीमान्ले छाडेर गएको खबर सरोकारवाला निकायले थाहा पाएपछि प्रहरीले बीरबहादुरलाई सदरमुकाम पु¥याएको थियो । गाउँपालिकाको सहयोगमा एम्बुलेन्समा घर फर्काइएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जानकारी दिनुभयो ।

पुतली बच्चा जन्माउनका लागि भर्ना हुन यही साउन ७ गते सदरमुकाम आउनुभएको र साउन १३ गते बच्चा जन्मेको थियो । श्रीमान्ले अब राम्ररी मिलेर बस्ने र स्याहारसुसार गर्नेसमेत बताएका गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले जानकारी दिनुभयो । उहाँका तीन छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group