ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘दबाब र हस्तक्षेप सह्य हुँदैन’– सांसद रावल


एबीसी न्यूज
२८ श्रावण २०७६, मंगलबार   ७ : २९   बजे

काठमाडौं, २८ साउन । प्रतिनिधिसभाको बैठकमा सांसद भीमबहादुर रावलले राष्ट्रियताको सवालमा कुनै पनि प्रकारको बाह्य दबाब र हस्तक्षेप हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले द्वन्द्वकालका घटनाको छानबिनका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको बाँकी काम जति सक्दो छिटो पूरा गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अग्निप्रसाद सापकोटाले दोलखाको खरीढुङ्गास्थित खरीढुङ्गा उद्योगलाई बहुआयामिक रुपमा प्रयोग हुने गरी सञ्चालनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । विसं २०३५ मा शुरु भएको उद्योग अहिले सञ्चालनमा नआएको र रु दुई अर्बभन्दा बढीको खनिज बिक्री गर्नका साथै हजाराँैले रोजगारी पाउने हुँदा सञ्चालनको विषयमा अर्थमन्त्री र उद्योगमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवेन्द्रराज कँडेलले नमिता÷सुनिताजतिकै पीडादायी कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा गृहमन्त्रालयले घटनालाई गम्भीररुपमा नलिएको आरोप लगाउँदै आपत्ति प्रकट गर्नुभयो । सांसद शान्ता चौधरीले सिंहदरबारले बलात्कारका घटना घटाएको भनी सांंसद कँडेलले प्रयोग गर्नुभएको शब्दप्रति नियमापत्ति गर्दै सो शब्द संसद्को रेकर्डबाट हटाउन माग गर्नुभयो । सभामुख कृष्णबहादुर महराले रेकर्डबाट हटाउन कर्मचारीलाई निदेर्शन दिनुभयो ।

सांसद अमरेशकुमार सिंहले गोङ्गबुस्थित नयाँ बसपार्कको सार्वजनिक जग्गामा भ्रष्टाचार भएको विषयमा संसदीय छानबिन समिति गठन गरी भ्रष्टचारीलाई कारवाही गर्नुपर्ने माग गर्नुभयो । सांसद सरिता गिरीले चुरे भावर क्षेत्रमा वर्षेनी हुने वन फँडानीले तराईमा हुने बाढी र पहिरोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद राजेन्द्रप्रसाद लिङ्देलले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको र तत्कालिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दुई मुलुकबीच श्रम सम्झौता नगरिकन खाडीमुुलुकमा घरेलु कामदार नपठाउन निर्देशन दिए पनि कार्यान्वयन प्रति ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामेश्वरराय यादवले त्रिशूली सडक क्षेत्रमा अहिले दिनहुँ दुर्घटना बढे पनि दीर्घकालीन सोचका बारेमा कुनै पनि उपाय नसोचिएकाबारे ध्यानाकर्षण गराउनुभयो । सांसद यज्ञराज सुनुवारले कटारी–घुर्मी, ओखलढुङ्गा–सल्लेरी सडकखण्डमा पहिरो गएको हुँदा रामेछाप र सिन्धुलीका जनतालाई आवातजावतमा सास्ती भोग्नुपरेको हुँदा सो क्षेत्रमा सुरुङमार्ग बनाउन सरकारलाई सुझाव दिनुभयो ।

सांसद मीना सुब्बाले कोशीटप्पु वन्यजन्तु आरक्ष चरण क्षेत्रमा एन्थ्रेक्सको जीवाणु फेला परेपछि आरक्ष क्षेत्रको बस्तीमा पालिएका घरपालुवा चौपायामा मरेको हुँदा किटाणुविरुद्धको भ्याक्सिन लगाउन आग्रह गर्दै जीवणु चौपाया मानिसमा सक्ने भएकाले जतिसक्दो छिटो नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group