ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगलागीबाट मानविय र भौतिक क्षति : आगलागी नियन्त्रणको पूर्वतयारीमा बेवास्ता (भिडियोसहित)


एबीसी न्यूज
२९ श्रावण २०७६, बुधबार   १ : ४८   बजे

काठमाडौं, २९ साउन  ।  घटनाको संख्या र यसबाट हुने क्षतिको हिसाबले गैरप्राकृतिक विपत् आगलागीलाई पहिलो स्थानमा लिन सकिन्छ । काठमाडौंमै पनि हरेक दिनजसो कहीँ न कहीँ आगलागीबाट मानविय र भौतिक क्षति भैरहेको छ । तसर्थ, आगलागीपश्चात् समाधान खोज्नेतर्फ मात्रै अल्मलिरहने राज्यले आगलागी हुनै नदिन तर्फ भने ध्यान पु¥याउन सकेको छैन ।

यही महिनामा मात्रै २० देखि २५ ओटा आगलागी भएको काठमाडौं महानगरपालिकाको जुद्ध बारुणयन्त्रले जनाएको छ । केही दिनअघि मात्रै केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुमा भीषण आगलागी भयो । झण्डै ८ हजार लिटर परिमाणको ठूलो मात्रामा अति प्रज्जवनशील पदार्थ भण्डारणका कारण पनि सुबिसुमा लागेको आगो नियन्त्रणमा लिन केही समय बढी लाग्यो । सोमबार महाराजगञ्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजीको पाँचौं तल्लामा विद्युत् चुहावट हुदाँ आगलागी भयो । आगलागीबाट कागजातहरु नष्ट भएका थिए यहाँ समयमै आगलागी नियन्त्रण नभएको भए आई.सि.यू., सि.सि.यू. का संवेदनशील बिरामीहरुलाई पनि आगलागीबाट असर पर्ने थियो । तसर्थ, आगलागी भइसकेपछि समाधान खोज्नु भन्दा पनि आगलागी हुनै नदिन तर्फ सोच्नु बुद्धिमानी हुने जुद्ध बारुणयन्त्रका प्रमुख लिलाराज गाछा मगरले बताए ।

विशेषगरि अति प्रज्जवनलशील पदार्थ भण्डारण भएको पेट्रोलपम्प, ग्याँस सिलिण्डर र विद्युतका कारण आगलागी हुने गरेको छ । यसबाहेक आँधीहुरी र प्राकृतिक कारण पनि बेलामौका नसोचेका आगलागी हुने गरेका छन् । आगलागीबाट क्षति कम गर्न अहिले विभिन्न स्थानमा फायर अलार्म, फायर हाईड्रेन्ट जस्था अलार्महरु राखिएका छन् । काठमाडौंमा विशेष त विद्युतकै कारण आगलागी हुने गरेका छन् त्यसैले पनि यसको व्यवस्थापनमा नेपाल विदुत प्राधिकरणले व्यवस्थापन गर्न जरुरी छ । गृह मन्त्रालय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार २०७५ साल वैशाखदेखि चैत सम्म नेपालमा सबैखाले विपत्का घटना चार हजार ९७ भन्दा बढी भयो । छ जसमध्ये दुई हजार ६६५ वटा आगलागी घटना भएको देखिन्छ । जुन औसतमा दैनिक सातभन्दा बढी हुन आउँछ । घाइते ४३२ मध्ये ८५ जनाको मृत्यु आगलागीबाट भएको छ । हजारौँ जना घाइते छन् । दसौँ हजार घरपरिवार प्रभावित भए ।

चौपायासहित अनुमानित चार अर्ब चौध करोडको क्षति भएको देखिन्छ । आगलागी नियन्त्रण तथा पूर्वतयारीका लागि वार्षिक दस–बीस करोड मात्र खर्च गरे पनि हामी यस समस्याबाट धेरै हदसम्म मुक्ति पाउन सक्छौँ । तर, त्यसतर्फ हाम्रो ध्यान राम्रोसँग नगएको देखिन्छ । विपत् पूर्वतयारीमा एक रुपियाँले हुने काम विपत्पछि सात रुपियाँ खर्च गर्नुपर्ने कुरा एक तथ्याङ्कले देखाएको छ । नेपालको सन्दर्भमा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि छुट्ट्याइएको बजेटको १० प्रतिशत तयारीमा खर्च हुने गरेको छ । नेपालभरि हाल करिब १४७ वटा दमकल छन् जसमध्ये जेनतेन चल्ने १३० वटा छन् । अन्तराष्ट्रिय मान्यता अनुरुप ६० हजार जनसंख्या भएको बस्तीमा एउटा अग्नि नियन्त्रण यन्त्र फायर एक्सटिनगुईसरको आवश्यकता रहन्छ । तर, करिब ५० लाखको हाराहारमा बसोबास रहेको काठमाडौंमा एउटा मात्रै अग्नि शामक यन्त्र छ । आगलागीको सुरुवातमै केही सावधानी अप्नाउन सकेमा त्यसको क्षति कम गर्न सकिन्छ, त्यसैले प्रतयेक घर–घरमा, अस्पताल वा कार्यालयमा प्राथमिक उपचार यन्त्र अग्नि शामक यन्त्र अनिवार्य रुपमा रहनुपर्दछ ।

नेपालको सन्दर्भमा आगलागी नियन्त्रणको पूर्वतयारीलाई बेवास्ता गरेको पाइन्छ जसको फलस्वरूप आगलागीबाट ठूलो मात्रामा जनधनको क्षति व्यहोर्नुपरेको छ । २०७५ साल वैशाखदेखि चैत १९ सम्म काठमाडौँमा १७८ वटा आगलागीका घटना भए । देशको राजधानीमा यति धेरै आगलागी हुन्छ भने हामीकहाँ आगलागीसम्बन्धी जनचेतनाको स्तर कस्तो छ, सहजै अनुमान गर्न सकिन्छ । तसर्थ, आगलागीबाट हुने जोखिम र क्षति कम गर्न हरेक घर–घरमा सूचक साईरनहरु राख्न सकिन्छ । यसभन्दा पनि बढी राज्यले नै आगलागीको घटना हुनै नदिनतर्फ ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group