ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद शान्ता चौधरी रत्नराज्य क्याम्पसमा भर्ना


एबीसी न्यूज
२९ श्रावण २०७६, बुधबार   ५ : ५८   बजे

काठमाडौं, २९ साउन । यसै वर्ष एसईई पास गरेकी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद तथा संसदीय दलकी सचेतक शान्ता चौधरी रत्न राज्य स्कुलमा कक्षा ११ मा भर्ना भएकी छन् । दाङबाट यसैवर्ष एसईई पास गरेकी चौधरी दुई दिनअघि रत्नराज्यमा ११ कक्षामा भर्ना भएको बताएकी छन् ।

सरकारी सामुदायिक विद्यालयहरुको पठनपाठनको स्तर बृद्धि गर्नका लागि आफू रत्नराज्यको विद्यार्थी बनेको चौधरीले बताइन । सरकारी विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आफूले चाहेको उनको भनाइ छ । विद्यालय व्यवस्थापन समितिले चौधरीलाई विद्यार्थी प्रतिनिधिका रुपमा व्यवस्थापन समिति सदस्य समेत मनोनित गरेको छ । वाल्यकालदेखिनै जमिन्दारको घरमा कमलरी बसेकी चौधरीले सानैमा पढ्न पाइनन् ।

उनी २०६४ सालमा संविधानसभा सदस्य भएर काठमाडौं आएपछि हस्ताक्षरसमेत गर्न नजान्दा ठाउँ ठाउँमा अपमानित भएपछि पढ्न थालेकी थिइन् । उनले यस वर्ष दाङको महेन्द्र मावि तुलसीपुरबाट एसईई दिएकी थिइन् । उनका छोराले १२ कक्षा पास गरिसकेका छन् भने छोरीले यसैवर्ष आमासँगै एसईई दिएकी थिइन् । छोरीले नर्सिङ पढ्न चाहेको र उनको भर्ना बाँकी रहेको चौधरीले बताइन् । चौधरी मानविकी संकायमा समाजशास्त्रको विद्यार्थीको रुपमा पढाइ सुरु गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group