ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडा कार्यालय परिसरमै बाँधिदिए स्थानीयले पशुचौपाया


एबीसी न्यूज
३० श्रावण २०७६, बिहिबार   ३ : ०५   बजे

काठमाडौं, ३० साउन । रामपुर नगरपालिका क्षेत्रमा छाडा पशुचौपायाले सताएपछि यहाँका स्थानीयले वडा कार्यालय परिसरमै लगेर बाँधिदिएका छन् ।

खेतबारीमा लगाएका अन्नबाली, तरकारी खेती समूहमा आएका पशुले खाएर नष्ट पार्न थालेपछि कृषकले सम्बन्धित वडा कार्यालय तथा नगरपालिका कार्यालयमा गुनासो राख्दै आए पनि व्यवस्थापन हुन सकेको थिएन । पटकपटक छाडा पशुचौपायाले सताएर हैरानी खेपेका यहाँका स्थानीयले नगरपालिका–६ को कार्यालय परिसरमै लगेर बाँधिदिएका हुन् । स्थानीय आफैँले अस्थायी टहरा निर्माण तथा बारबन्देज गरेर यत्रतत्र छरिएर रहेका छाडा पशु बाँध्न थालिएको छ ।

छाडा पशुले रातदिन खेतबारीमा पसेर बालीनाली नै नोक्सान गरेको जताततैबाट गुनासो आएपछि स्थानीयको सक्रियतामा व्यवस्थापन गर्ने काम भएको धर्मराज ढकालले जानकारी दिनुभयो । “बारबन्देज, टहरा निर्माणलगायतका काम स्थानीय मिलेर गरियो, अहिले छाडा पशुचौपायाको गाउँघरमा समस्या कम हुँदै गएको छ”, उहाँले भन्नुभयो । अस्थायी टहराभित्र २५ वटा छाडा पशुचौपाया रहेका छन् ।उत्पादन लिने बेला भएका तरकारी, अन्नबाली छाडा पशुचौपायाले खाएर लगानी नै उठाउनै नसकिएको बताउँदै अहिले अस्थायी टहरा बनाएर राखेपछि कृषि व्यवसाय ढुक्कका साथ गर्न थालेको गङ्गा बस्यालले बताउनुभयो ।

“पटक पटक खेतबारीमा पसेर बालीनाली नै सखापै पारेपछि वडा कार्यालयमै डो¥याएर लगेर बाँधिदिएका छाँै, अस्थायी टहराभित्र पशु बाँध्न थालेपछि कृषकलाई ठूलो राहत मिलेको छ”, उहाँले भन्नुभयो । अस्थायी टहरा निर्माण खर्च व्यवस्थान तथा हेरालु दुई जना व्यक्तिको प्रबन्ध वडा कार्यालयले गरिदिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।

“कृषकको गुनासोलाई मध्यनजर गर्दै हाललाई वडा कार्यालय परिसरमै अस्थाथी टहरामा बाँधिएको छ, छाडा पशु व्यवस्थापन तथा गाई संरक्षणका लागि वडा नं ६ कै तातोपानीघाटमा पक्की गौशाला निर्माणको काम भइरहेको छ, आउँदो तिहारको लक्ष्मीपूजाका दिन गाई बाँधेर उद्घाटन गर्ने योजना छ”, अध्यक्ष न्यौपानेले भन्नुभयो ।

नगरपालिकाको रु ५० लाखको लागत अनुमानमा १५ रोपनी क्षेत्रफलमा २०० पशु अट्ने क्षमताको गौशाला निर्माण भइरहेको भवन निर्माण समितिका संयोजक ओमप्रकाश रेग्मीले बताउनुभयो । यहाँ गौशाला निर्माण कार्य हुन थालेपछि रामपुरका कृषक खुशी भएका छन् । यत्रतत्र छरिएर दिनहुँ समूहमा १०/१५ वटा छाडा गाई, बाच्छा किसानको खेतबारीमा पसेर एकैपटक बालीनाली नै सखापै पार्न थालेपछि कृषकले सास्ती भोगिरहेका छन् । घरमा पालिएका गाईले दूध दिन छाडेपछि पालनपोषणको झन्झटले किसानले घरबाट निकालेर अन्यत्र लगेर छाड्ने गरेकाले हिजोआज नगरपालिका क्षेत्रमा छाडा पशु चौपायाको आतङ्क बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group