काठमाडौं, ३० साउन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएकी अस्मिता कार्की पक्राउ परेकी छन् ।
चर्चित सञ्चारकर्मी रवि लामिछानेलाई नेपाल प्रहरीको टोलीले काठमाडौंबाट पक्राउ गरेर चितवन लगेको छ । उनलाई चर्चित सञ्चारकर्मी रवि लामिछानेका मान्छेले नियन्त्रणमा लिएका थिए ।
आरोपित कार्कीलाई केही व्यक्तिबाट उद्दार गरेर चितवन ल्याइएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताएका छन् । महिला प्रहरीको टोलीले कार्कीलाई चितवन लगेको हो । लामिछानेसहित आरोपित युवराज कंडेल अहिले प्रहरीको निगरानीमा रहेका छन् । नेपाल प्रहरीको ल्याब रिपोर्ट पनि चितवन पुग्ने क्रममा रहेको छ ।
प्रहरी नियन्त्रणमै राखेर चर्चित सञ्चारकर्मी लामिछानेसहित कँडेल र कार्कीमाथि प्रहरीले अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
आज बेलुकी वा भोलि लामिछाने र कंडेल बिरुद्ध पक्राउ पुर्जी जारी हुनेछ ।
प्रतिक्रिया दिनुहोस्