काठमाडौं, ३१ साउन । पार्टी एकताको बाँकी कामलाई पूर्णता दिन सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक केही समयमा बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
अपरान्ह तीन बजे बोलाइएको बैठक सारेर ११ बेज बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । बैठकले एकताको बाँकी काम टुंगो लगाउने कार्यसुची तय गरिएको छ । तीन पटकसम्म स्थगित भएको नेकपाको सचिवालय बैठक आज निश्कर्षमा पुग्ने सचिवालयका एक नेताले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यको कार्यबिभाजन, केन्द्रीय निकाय, बभिाग र बिशेष कमिटीको निर्णय हुने गरी एजेण्डा तय गरिएको छ । यसअघि हिजो बसेको बैठकमा सामान्य रुपमा केही विषयमा छलफल भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली थकित भएपछि आजका लागि सारिएको थियो ।
पार्टी स्कूल बिभागसँगै युवा र बिद्यार्थीको इञ्चार्ज कसलाई बनाउने भन्ने सहमति पूर्वएमाले नेताहरुमै जुटन सकेको छैन । खासगरी केही युवा नेताको नाम किटान गरेर केही नेताले मान्दै मान्दिन भनेर निहुँ खोजेपछि सहमति जुटन नसकेको हो । यद्यपी अध्यक्ष ओलीले पूर्वएमाले नेताहरुसँग छलफल गरी सहमतिका साथ अघि बढाउने अन्तिम प्रयाश गर्नुभएको छ ।
पार्टी एकता भएको १५ महिना पुग्न लाग्दा पनि नेकपाको साँगठानिक एकताले पुर्णता पाउन नसक्दा कार्यकर्तामा निरासा मात्रै छाएको छैन, नेकपाका नेता कार्यकर्ता जनतासँगको सम्बन्धबाट कसौं टाढा पुगेका छन । तीन महिनामा टुंगो लगाउने भनिएको एकताको मिति पर धकेलिएसँगै शीर्ष नेताहरु नै बार्गेनिङमा उत्रिएका छन । आफू र आफू निकटलाई मात्रै पदको भारी बोकाएरआफू बलियो भएको महसुस गर्न शीर्ष नेता लागेपछि कार्यकर्ता तहमै नेताहरुप्रति असन्तुष्टि सुरु भएको छ । एकता पर धकेल्ने काम शीर्ष नेताबाटै भइरहेको भन्दै आलोचनासमेत सुरु भएको छ ।
।
प्रतिक्रिया दिनुहोस्