ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको सचिवालय बैठक ११ बजे


एबीसी न्यूज
३१ श्रावण २०७६, शुक्रबार   १० : १४   बजे

काठमाडौं, ३१ साउन ।  पार्टी एकताको बाँकी कामलाई पूर्णता दिन सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक केही समयमा बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

अपरान्ह तीन बजे बोलाइएको बैठक सारेर ११ बेज बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । बैठकले एकताको बाँकी काम टुंगो लगाउने कार्यसुची तय गरिएको छ । तीन पटकसम्म स्थगित भएको नेकपाको सचिवालय बैठक आज निश्कर्षमा पुग्ने सचिवालयका एक नेताले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यको कार्यबिभाजन, केन्द्रीय निकाय, बभिाग र बिशेष कमिटीको निर्णय हुने गरी एजेण्डा तय गरिएको छ । यसअघि हिजो बसेको बैठकमा सामान्य रुपमा केही विषयमा छलफल भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली थकित भएपछि आजका लागि सारिएको थियो ।

पार्टी स्कूल बिभागसँगै युवा र बिद्यार्थीको इञ्चार्ज कसलाई बनाउने भन्ने सहमति पूर्वएमाले नेताहरुमै जुटन सकेको छैन । खासगरी केही युवा नेताको नाम किटान गरेर केही नेताले मान्दै मान्दिन भनेर निहुँ खोजेपछि सहमति जुटन नसकेको हो । यद्यपी अध्यक्ष ओलीले पूर्वएमाले नेताहरुसँग छलफल गरी सहमतिका साथ अघि बढाउने अन्तिम प्रयाश गर्नुभएको छ ।

पार्टी एकता भएको १५ महिना पुग्न लाग्दा पनि नेकपाको साँगठानिक एकताले पुर्णता पाउन नसक्दा कार्यकर्तामा निरासा मात्रै छाएको छैन, नेकपाका नेता कार्यकर्ता जनतासँगको सम्बन्धबाट कसौं टाढा पुगेका छन । तीन महिनामा टुंगो लगाउने भनिएको एकताको मिति पर धकेलिएसँगै शीर्ष नेताहरु नै बार्गेनिङमा उत्रिएका छन । आफू र आफू निकटलाई मात्रै पदको भारी बोकाएरआफू बलियो भएको महसुस गर्न शीर्ष नेता लागेपछि कार्यकर्ता तहमै नेताहरुप्रति असन्तुष्टि सुरु भएको छ । एकता पर धकेल्ने काम शीर्ष नेताबाटै भइरहेको भन्दै आलोचनासमेत सुरु भएको छ ।

।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group