काठमाडौं, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टीको स्कुल विभागको नेतृत्व ईश्वर पोखरेलले पाउनुभएको छ । लामो समय नेताहरुबीच चलेको रस्साकस्सीपछि अन्ततः पोखरेलले यो विभागको जिम्मेवारी पाउनुभएको हो ।
नेकपाको शुक्रबार बसेको सचिवालय बैठकले पोखरेललाई स्कुल विभागको नेतृत्व दिने सहमति गर्दै अन्य विभाग तथा केन्द्रीय सदस्यहरुको जिम्मेवारी टुंगो लगाएको हो ।
स्कुल विभागमा पार्टी प्रवक्तासमेत रहनुभएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशको पनि दाबी थियो । दुवै नेताले दाबी नछाड्दा पार्टी एकीकरणको काम लम्बिँदै गएपछि विभागको नेतृत्व टुंगो लगाउने जिम्मा अध्यक्षद्वयलाई दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्