बुटवल, ३२ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जीप सप्तरीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साह चोकमा जीप दुर्घटना हुँदा पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मृतक अधिकारी रेडियो नेपालका बुटवल संवाददाता हुन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा१६च २२३५ नम्बरको जीपमा ५ जना यात्रु सवार रहेका प्रहरी असई सचितानन्द यादवले जानकारी दिए ।
उनका अनुसार जीपमा सवार अन्य यात्रु सामान्य घाइते भएका छन् । घाइतेको विराटनगरस्थित नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । पत्रकार अधिकारीसहितको टोली तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनका लागि पूर्वतर्फ प्रचार प्रशारका लागि गएका थिए ।
प्रतिक्रिया दिनुहोस्