ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार महीनाभित्र बगनासकालीलाई खरको छानोरहित बनाइँदै


एबीसी न्यूज
३२ श्रावण २०७६, शनिबार   १ : २२   बजे


पाल्पा, ३२ साउन । पाल्पाको बगनासकाली गाउँपालिकालाई अबको चार महीनाभित्र खरको छानोरहित गाउँपालिका बनाइँदैछ । गाउँपालिका भित्रका खरका छाना भएका सबै घरमा जस्तापाता लगाउने काम सम्पन्न गर्ने योजना छ ।

उक्त अभियानअन्तर्गत गाउँपालिकाका २४२ खरका छाना भएका घर जस्तापाताले छाउने काम अन्तिम चरणमा पुगेको छ । चालू आर्थिक वर्षमा १०६ घरमा जस्तापाता हाल्न गाउँपालिकाले रु ३९ लाख विनियोजन गरेको छ । आव २०७५/७६ मा रु २५ लाखको लागतमा ८३ धरमा तथा आव २०७४/७५ मा रु १५ लाखको लागतमा ५३ धरमा जस्तापाता लगाउने काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो ।

“गाउँपालिकालाई आगामी मङ्सीरभित्रमा खरको छानोरहित बनाउन धमाधम काम अगाडि बढाइएको छ, आर्थिक अवस्था कमजोर भएकाले गाउँपालिका आफैले जस्तापाताको छानो हाल्न थालेको हो”, उहाँले भन्नुभयो । बगनासकाली गाउँपालिकालाई जिल्लाकै नमूना छानोरहित गाउँपालिका बनाइने योजना छ ।

यस्तै गाउँपालिकाले चैत मसान्तभित्र बालमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । बालमैत्री घोषणा कार्यक्रमका लागि समानीकरणतर्फ रु एक करोड बजेट प्राप्त भएको अध्यक्ष बस्यालले बताउनुभयो । बालमैत्री घोषणसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा रकम खर्च गरिनेछ । चालू आवमै घरमै सुत्केरी हुने दरलाई शून्यमा झार्दै ‘शून्य होमडेलीभरी’ घोषणा गरिने बस्यालले बताउनुभयो । “असी प्रतिशत काम सम्पन्न भएको छ”, उहाँले भन्नुभयो ।

युवालाई गाउँमै स्वरोजगारको अवसर सिर्जना गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रमलाई चालू आवमा निरन्तरता दिइएको छ । स्नातक तह उत्तिर्ण गरेका युवालाई लक्ष्य गरी सञ्चालन गरिएको कार्यक्रमबाट स्थानीय युवा कृषि तथा पशुपालन व्यवसायतर्फ आकर्षित भएका छन् । दुई वर्षमा सात युवाले शैक्षिक प्रमाण पत्र धितो राखेर कृषि तथा पशुपालन व्यवसाय थालेका छन् । गाउँपालिकाले पाँच हजार किलोभन्दा बढी तरकारी उत्पादन गर्ने कृषकलाई तरकारीमा ढुवानी अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।

स्थानीय बजारमा तरकारी बिक्री नभए अन्यत्र बजारमा लैजान ढुवानी उपलब्ध गराएको छ । गाउँपालिकाले प्रतिकिलो दुई रुपैयाँ तरकारी ढुवानीका लागी अनुदान दिँदै आएको छ । मागमा आधारित कृषकलाई अनुदान तथा विभिन्न क्षेत्रमा उत्पादनको आधारमा २० पकेट क्षेत्र घोषणा गरी सोहीअनुसारका कार्यक्रम लागू गरिएको छ । गत आवमा २२ किलोमिटर सडकको स्तरोन्नति, आठ किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण, ५६३ मिटर सडक ढलान र खानेपानीको सहज सुविधा उपलब्ध गराउन ११ ट्याङ्की निर्माण गरिएको अध्यक्ष बस्यालले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्र शैक्षिक गुणस्तर वृद्धि गर्न १० सामुदायिक विद्यालयमा ई हाजिरी सेवा, खानेपानी विद्युत् महसुलमा ४० प्रतिशत अनुदान, नौवटै वडामा विपद् व्यवस्थापन समिति गठन, मधुमेह, रक्तचाप र छारे रोगका लागि निःशुल्क औषधि उपचार सेवालाई निरन्तरता दिइएको छ । आधारभूत तहसम्म स्थानीय पाठ्यक्रम लागू गर्न कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम लागूगर्ने गरी काम अगाडि बढाइएको छ । गाउँपालिकाले आर्थिक विकासतर्फ रु ९४ लाख २० हजार, सामाजिक विकासतर्फ रु तीन करोड ३८ लाख, पूर्वाधार विकासतर्फ रु तीन करोड ६७ लाख, संस्थागत विकासतर्फ रु ७७ लाख ९४ हजार तथा वातावरण र विपत् व्यवस्थापनतर्फ रु २४ लाख ७० हजार रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu