काठमाडौँ, ३२ साउन । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ ।
अधिकारीको डल्लुस्थित आफ्नै निवास निधन भएको हो । काठमाडौँको असनमा २००३ सालामा जन्मनु भएकी अधिकारी नेपाली रजतपट र नाटक क्षेत्र सम्मानित कलाकार हुनुहुन्छ ।
स्व अधिकारीले दर्जनौं नाटक, चलचित्र तथा टेलिसिरीयलमा अभिनय गर्नु भएको छ । आफ्नो कुशल अभिनय क्षमताका कारण दर्शकमाझ लोकप्रिय हुनुहुन्छ ।स्व अधिकारीले ‘कची मचा’ भन्ने नाटक बाट आफ्नो अभिनय सुरु गर्नु भएको थियो। यसपछि ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटकहरुमा अभिनय गर्नु भया
पहिलो फिल्म मनको बाँधबाट नेपाली फिल्ममा प्रवेश गर्नु भएकी स्व अधिकरिले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत दर्जनौं फिल्ममा अभिनय गर्नु भएको छ । लामो समय देखि दम रोगले पिडित अधिकारीको आजै पशुपति स्थित बिद्युतीय शवदाह गृह अन्त्यष्टि गरिएको छ । स्व अधिकारीको १ छोरा र १ छोरी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्