बाजुरा ३२ साउन । बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका र बुढीगंगा नगरपालीका बिचमा रहेको अम्कोटमा बर्षात सुरु भएपछी पहिरो जाँदा सडक अवरुद भएको छ । एक साता देखिको लगातार अभिरल बर्षात सँगै बुढिगंगा नदिमा पानी बढ्दै जानु र त्रिवेणी नगरपालिका ९ पैमामा रहेको पहिरो झर्न शुरु भएपछि पहिरोले बुढीगंगा नदी थुनीय पछी साफेँ मार्तडी सडक खण्डमा पहिरो गएको छ । पहिरो जादा साफेँ मार्तडी सडक खण्ड एक साता देखी अवरुद भएको बडीमालीका नगरपालीका ९ का वडा अध्यक्ष विनोद विकले बताए ।
उनले भने सडक अवरुद हुदाँ साना तथा ठुला दुरीका सवारी साधान बन्दा भएपछी यात्रुहरु अलपत्र परेका छन । यात्रुहरु अलपत्र पर्नुका साथै जिल्ला सदरमुका मार्तडी र कोल्टी बजारमा सामानको मुल्य निकै आकासीयको छ । बजारमा सामानको मुल्य आकासीय पछी स्थानीय बासीहरुलाई सामन किन्न निकै समस्य परेको वडा अध्यक्ष विकले बताए । एक साता देखी आएको लगातार बर्षा सगै आएको पहिराले द्धवारीमा बुढिगंगा नदि थुनिय पछी पहिरोले सडक भत्काएको स्थानिय बासि कासीराम पाध्यायले बताए । उनले भने लगातार पहिरो बढदै गएपछि माथीबाट ठुला ढुङ्गा बिचमा आएर अडकिदै जादाँ नदि थुनियको बताए ।
गत बर्ष देखि नै पैमा गाँउ बाट लगातार पहिरो खसिरहेको छ, नदि एक छेउतिर गएपछि यता बुढिगंगा नगरपालिका १ अम्कोटको तल बाट पहिरो आए पछी साफेँ मार्तडी सडक खण्ड पहिरोले बगाएको स्थानिय बासी दयारम थापाले बताए । सडक पहिरोले भत्काउनुका साथै नजिकै रहेको खेतियोग्य जमिन, झुलंगे पुल पुल समेत बगाएको छ । साँफे मार्तडी सड्क खण्ड गएको बर्ष बर्षातको तिन महिना अबरोध भएको थियो । पहिरो नदि साघुरो बनाउदै गएको छ, अर्को भागमा नदिले कटान गर्दै गएपछि वारी पहिराले सडक भत्काएको छ । एक साता देखि पहिरो ले सडक अवरुद गर्दा पनि सरकार राज्यले कुनै वास्था गरेको छैनन ।
पहिरो सँगै जोडिएको त्रिवेणी नगरपालीका ९ पैमा र बुढीगंगा नगरपालीका १ अमकोटका एक सय बढी परिवार पहिरोको जोखिममा रहेका छन । भने केही परिवार घर छोडेर अन्य ठाउँमा सरीसक्यका छन । यता बडीमालीका नगरपालीका नगरप्रमुख पदम बडुवाले भने पहिरोले सडक अवरुद हुदा त्यसको सबै भन्दा मार जिल्ला सदरमुकाम बासी, बडीमालीका नगरपालीका र पुर्वीउत्तर भेगका जनताले खेपनु परेको हुदा अवरुद भएको सडक अबको केही दिनमै सुचारु गर्ने मेयर बडुवाले बताए ।
प्रतिक्रिया दिनुहोस्