ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको सचिवालय बैठक आज बस्दै


एबीसी न्यूज
१ भदौ २०७६, आइतबार   ९ : २१   बजे

काठमाडौं, १ भाद्र सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ । दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले पार्टी अन्र्तगतका जनवर्गीय संगठनका इन्चार्ज तोक्ने तयारी छ ।

हिजो शनिबार नै बैठक बसेर जवस मोर्चाको इन्चार्ज तोक्ने, केन्द्रीय आयोग गठन गर्ने र उपत्यका विशेष प्रदेशहरुको गठन गर्ने बताइएपनि गृहकार्य नपुगेको भन्दै आज दिउँसो सम्मलाई बैठक स्थगित गरिएको थियो ।

हिजो साझसम्म दुई अध्यक्षले जवस मोर्चाको इन्चार्जसिपका विषयमा आन्तरिक गृहकार्य गरेका थिए ।

नेकपाभित्र जवस मोर्चाको इन्चार्जका विषयमा पूर्व एमाले वृत्तमै समझदारी बनेको छैन । ओली पक्षले प्रभावशाली संगठनको इन्चार्जमा ओलीले आफ्नो पक्षका नेतालाई मात्र जिम्मेवारी दिन खोजेको भन्दै नेपाल पक्ष असन्तुष्ट छ ।

जवस मोर्चाको इन्चार्जसिपका विषयमा पार्टीभित्र विधि र प्रक्रियाका विषयमा छलफल नभएको नेपाल पक्षले बताईरहेको छ ।

दुई अध्यक्षले गृहकार्य गर्नु अगाडी प्रचण्डले वरिष्ठ नेता माधव नेपाल सँग पनि छलफल गरेका थिए ।

आजको बैठकले जनवर्गीय संगठनको इन्चार्जसिप, केन्द्रीय आयोगको गठन, कम्युनिष्ट जेष्ठ मञ्च, सल्लाहकार परिषद, विशेष प्रदेशहरुको काम टुंगो लगायो भने कन्द्रीय निकायबाट टुंग्याउनु पर्ने एकताको काम सम्पूर्ण रुपमा टुंग्गिने नेताहरुको भनाई छ ।

नेकपामा २२ जनवर्गीय संगठन छन् । जवस मोर्चाभित्र खासगरी युवा, विद्यार्थी, मजदुर, महिला लगायतको नेतृत्व गर्ने गरी इन्चार्जसिप आफ्नो पक्षका नेतालाई बनाउने होडबाजी शीर्ष नेताहरुमै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu