ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रमण वर्ष सफल पार्न पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा जोड


एबीसी न्यूज
१ भदौ २०७६, आइतबार   १ : १६   बजे

कञ्चनपुर, १ भाद्र । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० सफल बनाउनका लागि पर्यटकीय क्षेत्रमा प्रचार सामग्री राख्न थालेको छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाका क्षेत्रका सबै पर्यटकीय क्षेत्रमा प्रचारप्रसार राखिएका छन् ।

पश्चिमी नाकामा गडडाचौकीमा पर्यटकलाई हार्दिक स्वागतसहितको ठूलो प्रचार सामग्रीसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदीको झोलुङ्गे पुल, रौटेला, विष्णु मन्दिर धाम, झिलमिलालगायतका पर्यटकीयस्थलमा प्रचार सामग्री राखिएका छन् ।

पर्यटकलाई पर्यटकीयस्थलबारे सहजरूपमा जानकारी गराउन र गन्तव्यमा सहजरूपमा पुग्नका लागि प्रचार सामग्री राखेका छौँ, नगरप्रमुख सुरेन्द्रबहादुर विष्टले भन्नुभयो, “ती प्रचार सामग्रीमा पर्यटकीयस्थलको नाम, विशेषतालगायतका जानकारी दिएका छौँ ।”

नेपाल भ्रमण वर्षको प्रचार–प्रसार र पूर्वाधार निर्माणकार्य अगाडि बढाइएपछि पर्यटक बढ्ने अपेक्षा गरिएको उहाँले राससलाई बताउनुभयो । नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन २०१९ लाई पर्यटन र पूर्वाधार वर्षका रुपमा मनाउने घोषणा गरेको छ ।
नेपाल भ्रमण वर्ष सफल बनाउन गत वर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको थियो । एक सातासम्म सञ्चालन गरिएको महोत्सवमा दुई हजार पर्यटकले शुक्लाफाँटा निकुञ्ज भ्रमण गरेका थिए । यो सङ्ख्या निकुञ्जकै इतिहासमा अहिलेसम्मकै ठूलो हो ।

बाह्रसिङ्गको झुण्डले परिचित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटनका क्षेत्रमा खुला विश्वविद्यालयका रुपमा विकास गर्न सकिन्छ । निकुञ्जको प्रचार–प्रसारका लागि भीमदत्त नगरपालिका नगर कार्यपालिकाको बैठकसमेत निकुञ्जको शुक्लाफाँटा घाँसेमैदानमा बसेको थियो । भीमदत्त नगरपालिकाले झोलुङ्गे पुलदेखि बागफाँटासम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार शुक्लाफाँटा पर्यटनमार्ग निर्माणकार्य शुरु गरिएको छ । यो मार्ग निर्माण भएपछि किनारका पर्यटकहरुले झोलुङ्गे पुल, हात्तीसार, गोहीको अवलोकन गर्न सक्नेछन् ।

भीमदत्त नगरपालिका–९ मा पर्ने झिलमिला तालसम्म जान पक्की सडक निर्माण गरिएको छ । पर्यटकहरुले ताराकोटसम्म गाडीमा त्यहाँबाट झण्डै एक किलोमिटर टाढा तालसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ । ताराकोटमा पिकनिक स्पट बनाउने नगरपालिकाको योजना छ । ब्रह्मदेवदेखि झिलमिलासम्म केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ ।

नगरपालिकाका उत्तरी क्षेत्रका धार्मिक पर्यटकीयस्थललाई एकापसमा जोड्न धार्मिक पर्यटनमार्ग निर्माण गरिएको छ । रौटेलादेखि ब्रह्मेदवसम्म निर्माण गरिएको २२ मिटर चौडा सडकबाट रौटेला, विष्णु मन्दिर धाम, भम्केनी, ब्रह्मदेवको सिद्धनाथ मन्दिरलाई एकापसमा जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group