ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानी र नजिकैका जीर्ण सडक बनाउन माग


एबीसी न्यूज
१ भदौ २०७६, आइतबार   १ : ४७   बजे

काठमाडौं, १ भाद्र । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशको राजधानी एवं सांस्कृतिक शहर काठमाडौँ तथा यहाँबाट बाहिर जोडिने प्रमुख सडकको अवस्था जीर्ण भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा बोदै सांसद राजेन्द्रकुमार केसीले बल्खु–दक्षिणकाली सडक निर्माणको केही समय बित्न नपाउँदै बिग्रेकाले अनुगमन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई अनुरोध गर्नुभयो । भारतीय एक्जिम बंैकको ऋण सहयोगले बनाएको सडक पूरा नहुँदै भत्केकाले गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरामा ल्याउन पनि स्थलगत निरीक्षण गर्न उहाँले माग गर्नुभयो ।

सांसद रामवीर मानन्धरले सांस्कृतिक शहर काठमाडौँमा ठेक्का भइसकेका सडक अलपत्र रहेको सुनाउनुहुँदै मेलम्चीले पाइप बिछ्याउन खनेका सडकका कारण जनताले सास्ती खेप्नुपरेको बताउनुभयो । मेलम्चीको काम छिटो सकेर सडकको काम सम्पन्न गर्नुपर्ने उहाँको भनाइ थियो । सांसद विमला नेपालीले दलित आयोगमा पदाधिकारी रिक्त रहेको लामो समय हुँदा दलितका मुद्दा ओझेलमा परेको बताउनुभयो । सांसद भीमसेनदास प्रधानले विश्वविद्यालयमा पदाधिकारीको अवधि सकिन लागेकाले नियुक्ति सम्बन्धमा भइरहेका गतिविधि पारदर्शी बनाई प्राज्ञिक मर्यादा कायम हुने गरी छनोट गर्न ध्यानाकर्षण गराउनुभयो ।

सांसद महेश बस्नेतले भक्तपुरमा खेलकूद मैदान निर्माणमा ढिलाइ गर्न नहुनेतर्फ सचेत गराउनुभयो । सांसद महेश्वरजङ्ग गहतराजले पत्रकार शालिकराम पुडासैनी आत्महत्याको घटनापछि कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेको विषयलाई लिएर हुलहुज्जत भइरहेकाले प्रहरीले अनुसन्धान गर्न पाउनुपर्ने विचार राख्नुभयो । सांसद मीनबहादुर विश्वकर्माले लोकसेवा आयोगले समावेशी सिद्धान्तविपरीत प्रकाशन गरेको विज्ञापन खारेज गरी अर्को प्रकाशन गर्न माग गर्दै शनिबार भएको प्रदर्शनमा नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बरामलगायतमाथि प्रहरीले बल प्रयोग गरी पक्राउ गरेको घटनाको निन्दा गर्नुभयो । समावेशी सिद्धान्तका सम्बन्धमा संवैधानिक व्यवस्था कार्यान्वयन गर्न उहाँले माग गर्नुभयो ।

सांसद मीना सुब्बाले सामुदायिक वन व्यवस्थापन पारदर्शी हुन नसकेको बताउनुहुँदै समुदायले जम्मा गरेको पैसा कहाँ छ भनी प्रश्न राख्नुभयो । सांसद मीना पाण्डेले सर्लाहीमा वन फाँडेर केही स्थानीय तहले सुकुम्बासीका नाममा बस्ती बसाउन लागेको घटना के हो भनी जिज्ञासा राख्नुभयो । सांसद मोहन बानियाँले मुगुमा शनिबार आएको बाढीले पानीको मुहानमा क्षति पुगेकाले पीडितलाई राहत दिन माग गर्नुभयो । सांसद यज्ञराज सुनुवारले पत्रकार शालिकराम पुडासैनी आत्महत्या घटनामा सत्यतथ्य पत्ता लगाई सार्वजनिक हुनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद यशोदा गुरुङ सुवेदीले लोकसेवा आयोगले त्रुटिपूर्ण विज्ञापन गर्दा सडकमा विरोध भइरहेको र प्रदर्शनकारीमाथि हस्तक्षेप भइरहेको बताउनुभयो । सांसद रङ्गमती शाहीले पार्टी प्यालेसमा तीज मनाउन लगाइएको प्रतिबन्ध गलत रहेकाले खारेज हुनुपर्ने बताउनुहुँदै वर्षभर कमाएको पैसाले महिलाले रमाइलो गर्न नपाउनु न्यायोचित नहुने विचार राख्नुभयो । सांसद रामबहादुर विष्टले अछामका अस्पतालमा औषधि र स्वास्थ्यकर्मीसमेत नरहेकाले व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सांसद रामेश्वरराय यादवले साउन २४ गते त्रिशूलीमा खसेका बसका मृतक र अज्ञात अवस्थामा रहेका परिवारलाई राहत उपलब्ध गराउन माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group