ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमको समुचित परिचालनबाट मात्रै समृद्धि सम्भव हुन्छ– मन्त्री बाँस्कोटा


एबीसी न्यूज
१ भदौ २०७६, आइतबार   ८ : १४   बजे

काठमाडौं, १ भाद्र । सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ज्ञान, पूँजी, प्रविधि र श्रमको समुचित परिचालनबाट मात्रै समृद्धि सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ ।

‘ढोरपाटन’ राष्ट्रिय दैनिक पत्रिकाको १६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘सङ्घीयतामा समृद्धि’ विषयको बहसमा सरकारका प्रवक्ता बाँस्कोटाले कसैको भिक्षा दानले देश नबन्ने तर्क गर्नुभयो । “आफ्नो देश आफैँ बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “मित्रहरुको भर परेर हुँदैन ।” मन्त्री बाँस्कोटाले भूकम्पपछिको पुनःनिर्माणमा प्रतिबद्धता अनुसारको वैदेशिक सहयोग नआएको उल्लेख गर्नुभयो ।

“सपनाहरु मुर्छाबाट ब्युँझेका छन्, समृद्धिको सङ्कल्प कार्यान्वयनमा अनुदित हुँदैछ, अब अलमल गर्नुपर्ने केही छैन”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “श्रम संस्कृतिमा ह्रास आइरहेको भन्दै उहाँले पढ्नु भनेको निर्देशक बन्ने मात्र होइन भन्नुभयो । मन्त्री बाँस्कोटाले हरेक नेपाली श्रम र उत्पादनसँग जोडिनुपर्ने धारणा राख्नुभयो । मन्त्रीलाई पनि अब भाषण गर्दै हिँड्ने फुर्सद नमिल्ने बताउँदै उहाँले भन्नुभयो, “मन्त्रीले प्रधानमन्त्रीसँग र सचिवले मन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।”

सो अवसर प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले समृद्धिकै लागि सङ्घीय प्रणाली ल्याइएको बताउनुभयो । ठूला र राष्ट्रिय महत्वका आयोजना अगाडि बढेको भन्दै केही वर्षभित्रै विकासले फड्को मार्ने बताउनुभयो । सरकारले केही गर्न खोज्यो कि स्वार्थ समूह विरोधमा आउने प्रवृत्ति गलत भएको उहाँको टिप्पणी छ ।

प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले सङ्घीयता कार्यान्वयनसँगै मुलुक विकास र समृद्धिको लक्ष्यमा अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो कसैले भनेर ल्याएको सङ्घीयता होइन, हाम्रै विशेषताअनुसार हामीले नै ल्याएको हो, सफल भएरै छोड्छ ।”

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले तीन तहका सरकारबीच समन्वयको खाँचो औँल्याउनुभयो । “स्थानीय तहमा सबैभन्दा ठूलो कर्मचारी व्यवस्थापनको समस्या छ”, उहाँले भन्नुभयो, “बजेट र अधिकार क्षेत्रमा पनि केही अन्योल देखापरेका छन् ।” प्रमुख पौडेलले सङ्घीयतापछि खारेज भएका जिल्ला कार्यालयहरु पुनःस्थापना भइरहेको उल्लेख गर्नुभयो । “पचास हजार÷लाखका कार्यक्रम सङ्घ, प्रदेशबाटै आउने भएपछि स्थानीय तह किन चाहियो रु” उहाँले भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वमहासचिव उजिर मगरले समतामूलक समाज निर्माणका लागि सङ्घीयता आएको बताउनुभयो । “समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्त सङ्घीयताको आधार हो”, उहाँले भन्नुभयो ।

पत्रिकाले वार्षिकोत्सवका अवसरमा ‘सङ्घीयतामा समृद्धि’ शीर्षकमा विशेषाङ्कसमेत प्रकाशन गरेको छ । उक्त अङ्कमा समृद्धिका मुद्दाबारे विभिन्न क्षेत्रका व्यक्तिका लेख समावेश गरिएको छ । विसं २०६० मा बागलुङदेखि प्रकाशन शुरु गरेको ढोरपाटन दैनिक हालै मात्र गण्डकी प्रदेश राजधानी पोखराबाट प्रकाशन तथा वितरण हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group