ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काश्मीरको अवस्था बिस्तारै पुरानै अवस्थामा फर्काउने तयारी


एबीसी न्यूज
२ भदौ २०७६, सोमबार   ९ : ०७   बजे

काठमाडौं, २ भदौ जम्मू–काश्मीरमा सोमबारबाट प्राथमिक विद्यालय र स्थानीय सरकारी कार्यालयहरु खोलिने भएको छ। काश्मीरी अधिकारीहरुले संविधानको धारा ३७० हटाइएपछि अशान्त बनेको भारतको स्वशासित क्षेत्र काश्मीरको अवस्था बिस्तारै पुरानै अवस्थामा फर्काउने तयारी भइरहेको बताएका छन्।

उनीहरुका अनुसार आइतबार काश्मीरका केही स्थानमा टेलिफोन सेवा सुचारु गरिएकोमा सोमबार यहाँका प्राथमिक विद्यालय र सरकारी कार्यालयहरु खोल्ने तयारी गरिएको हो।

जम्मू–काश्मीर सरकारका प्रवक्ता तथा उक्त राज्यका मुख्य सचिव रोहित कंसलले आइतबार पत्रकारहरुसँग भने, ुहाम्रो योजना श्रीनगरका १ सय ९० भन्दा बढी प्राथमिक स्कुलहरु खोल्ने रहेको छ। हामीलाई विश्वास छ कि यसै दिनबाट सरकारी कार्यालयहरुले पनि पूर्णरुपमा काम गर्न थाल्नेछन्। आगामी दिनमा काश्मीरका अन्य क्षेत्रमा पनि बिस्तारै सहजता आउनेछ।

तर, सरकारले बताएजस्तै आफ्ना छोराछोरीलाई विद्यालय पठाउन श्रीनगर क्षेत्रका अभिभावकहरु पूर्णरुपमा निश्चिन्त हुनसक्ने वातावरण भने बनिनसकेको छ। सोमबार बजार इलाका रहेको र अन्य क्षेत्रभन्दा शान्त रहेको काश्मीरको श्रीनगर क्षेत्रमा विद्यालय खोल्ने बताइएको छ। सरकारले सोमबारदेखि शिक्षकलाई विद्यालयमा उपस्थित हुन सूचित गरे पनि कति अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालय पठाउँछन् भन्ने महत्वपूर्ण हुनेछ। यसबाट सो क्षेत्रका जनताको मनस्थितिको समेत आँकलन गर्न सकिने बताइएको छ।

जम्मू(काश्मीर राज्यलाई दिइएको विशेषाधिकार सम्बन्धी संवैधानिक व्यवस्था खारेज गर्ने सरकारको निर्णपछि काश्मीर क्षेत्रमा कर्फ्यू लगाइनुका साथै सञ्चार तथा इन्टरनेट सेवा समेत अवरुद्ध गरिएको थियो। पछिल्ला केही दिनदेखि सो क्षेत्रमा निषेधहरुलाई बिस्तारै खुकुलो बनाउँदै लगिएको छ। टेलिफोन सुविधा खुकुलो लगिँदै गएकोमा अधिकतम इलाकामा भने अवस्था सामान्य नरहेको बताइएको छ।

शनिबार मात्रै जम्मूका पाँच जिल्ला मुख्यालयहरु जम्मू, साँबा, कठुआ, उधमपुर र रियासीमा मोबाइलमा २(जी इन्टरनेट सेवा समेत सुचारु गरिएकोमा त्यसलाई पुनः बन्द गरिएको छ। जम्मू(काश्मीरमा धारा ३७० को खारेजीपछि भड्किन सक्ने हिंसा तथा अशान्तिलाई मध्यनजर गर्दै कानुनी तथा सुरक्षा व्यवस्था कायम राख्न सञ्चार सेवा अवरुद्ध गरिएको काश्मिर प्रहरीले जनाएको छ। बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group