ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीको मनोबल खस्किन दिँदैनौँ– मन्त्री पण्डित


एबीसी न्यूज
३ भदौ २०७६, मंगलबार   ६ : ५६   बजे

काठमाडौं, ३ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानबमोजिम तीनै तहमा कर्मचारीको समायोजन गरिएको र उनीहरुको मनोबल उच्च बनाउन तलब, भत्तालगायत कानूनमा व्यवस्था गरी अन्य सुविधासमेत प्रदान गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उहाँले समायोजनमा गएका कर्मचारीको वृत्ति विकासको सुनिश्चिता गरिएको र विदेश अध्ययन एवम तालीमको व्यवस्थासमेत गरिने बताउनुभयो । सङ्घीय निजामती सेवासम्बन्धी कानून निर्माणका क्रममा रहेको मन्त्री पण्डितले बताउनुभयो । बैठकमा सांसद महेन्द्र राय यादवले सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरिएका कर्मचारीको मनोबल बढाउन वा उच्च राख्न सरकारले के कस्तो नीति तथा योजना बनाएको छ भनी प्रश्न गर्नुभएको थियो ।

सांसदका पूरक प्रश्नको जवाफ दिँदै मन्त्री पण्डितले लोकसेवा आयोगको विज्ञापन कानूनअनुसार नै गरिएको र समावेशी नै रहेको बताउनुभयो । सो विज्ञापन रद्द गर्नुपर्ने कनै कारण नभएको उहाँले स्पष्ट पार्नुभयो । मन्त्री पण्डितले नीतिगत कामका रुपमा टे«ड युनियनको आवश्यकता रहेको र कुन रुपमा कसरी रहने भन्नेबारेमा छलफल जारी रहेको बताउनुभयो ।

बैठकमा सांसद विजय सुब्बाले स्थानीय तहमा हुने निर्माणका कार्यमा व्यापक अनियमितता र अराजकता देखिएको बारेमा सरकारलाई के कति जानकारी छ भनी मन्त्री पण्डितसँग प्रश्न गर्नुभएको थियो । जवाफमा मन्त्री पण्डितले मुलुकमा संविधानअनुसार सङ्घीयता कार्यान्वयनको चरणमा रहेको तथा प्रदेश र स्थानीय तहका सरकार पनि तत् क्षेत्रका कामको अनुगमन मूल्याङ्कन गर्ने क्षमता राख्दछन् भन्नुभयो । निर्माण कार्यमा हुने अनियमितता नियन्त्रणका लागि सङ्घले आवश्यक कानून तथा मापदण्ड निर्माण गरेको उहाँले जानकारी दिनुभयो । भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार दृढ रहेको उहाँको भनाइ थियो ।

भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न अन्य निकाय पनि क्रियाशील रहेको मन्त्री पण्डितले बताउनुभयो । कुनै जनप्रतिनिधिले आफँै ठेकेदारको भूमिका निर्वाह गरे दण्डनीय हुने उहाँले बताउनुभयो । उपभोक्ता समूहलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अनेरास्ववियुद्वारा नुवाकोटका बाढीपीडितलाई ७ लाखको राहत सामग्री

भोटेकोसीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी

सम्बन्धित

बाढी प्रभावित नुवाकोट र रसुवामा ५०० थान सोलार पावर बैंक हस्तान्तरण

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

फर्पिङ चेकपोस्टबाट ५.२६ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई पक्राउ

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन

रसुवा–भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu