ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तयारी नपुगेपछि नेकपा सचिवालय बैठक स्थगन, सर्वदलीय बैठक शुरु


एबीसी न्यूज
३ भदौ २०७६, मंगलबार   ७ : ५९   बजे

 


काठमाडौं, ३ भदौ । गृहकार्य नपुगेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगन भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नेकपाले आज अपराह्न ३ बजेका लागि पार्टी सचिवालय बैठक बोलाएको थियो ।

बैठकमा पोलिटब्यूरो गठन, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटीलगायतका साङ्गठनिक बाँडफाँटका विषयमा टुङ्गो लगाउने कार्यसूची रहेको थियो । तयारी नपुगेको भन्दै बैठक भोलिसम्मका लागि स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच, प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक केही बेर अघिदेखि शुरु भएको छ । बैठकमा राष्ट्रिय पार्टीको मान्यता प्राप्त दलका नेता सहभागी भएका छन् ।

संसद्मा विचाराधीन अवस्थामा रहेका विभिन्न विधेयक, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायत विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्नुभएको बैठकमा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका नेताहरु, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवलगायतका नेता सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group