ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नासु मृत्यु प्रकरण : ‘इमान्दार व्यक्ति हुनुहुन्थ्यो, कसरी यस्तो भयो आश्चर्यमा छौँ’


एबीसी न्यूज
३ भदौ २०७६, मंगलबार   ८ : ५०   बजे

काठमाडौं, ३ भदौ । सिंहदरबारभित्र राष्ट्रिय याजना आयोगको पहिलो तलामा रहेको अनुगमन तथा मूल्याङ्कन शाखाको सभाहलको छेउमा चिया बनाउने ठाउँ छ । आज बिहान कार्यालय समयमा एक कर्मचारी पानी खान जाँदा नायब सुब्बा बच्चुराम केसी लडिरहेको देख्नुभयो । उहाँले जानकारी गराएपछि मात्रै घटना सार्वजनिक भएको हो ।

“बिहान लडिरहेको जानकारी आउने बित्तिकै सिंहदरबारको प्रहरी र आफन्तलाई समेत हामीले खबर गरेका हौँ, प्रहरीले आएर हेर्दा केसी मृत भेटिनुभएको हो”, आयोगका प्रवक्ता डा किरण रुपाखेतीले भन्नुभयो ।

कीर्तिपुर नगरपालिका–६ टौदह घर भएका केसीको शव नजिकै विषादीको सानो बट्टासमेत भेटिएको थियो । उक्त बट्टा बालीमा हाल्ने कीटनाशक विषादीको रहेको प्रहरीले जनाएको छ । नजिकै केराको बोक्रासमेत फेला परेको थियो । शुरुमा कर्मचारीले मदिरा पिएर ढलेको भन्ने अनुमान गरेका थिए । सर्ट खोलेको अवस्थामा घटनाको प्रकृति अस्वभाविक देखिएपछि तल्कालै प्रहरीलाई खबर गरेको कर्मचारीले बताएका छन् । केसीले त्यही केरासँग विषादी मिसाएर खाएको अनुमान काठमाडौँ प्रहरीको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले भन्नुभयो, “सुसाइट नोट फेला परेको छ, त्यसमा उल्लेख भएअनुसार केसीले आफ्नै कारणले घटना घटेकोजस्तो देखिन्छ ।” घटना अन्दाजी १०/११ बजे राति भएको भन्दै उहाँले सिसी क्यामराको श्रव्यदृष्यको पनि अनुसन्धान भइरहेको बताउनुभयो । कार्यालय सकेर निस्किएका केसी फेरि राति कार्यालयमा फर्किएको पाइएको छ । अन्य कुरा अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

आयोगको प्रशासन महाशाखाअन्तर्गत प्रशासन तथा विपद् व्यवस्थापन शाखामा कार्यरत नायब सुब्बा बच्चुराम केसी । उहाँ झण्डै आठ वर्षदेखि आयोगमा काम गर्दै आएका थिए । “केसी कार्यालयका साह्रै भरपर्दो, इमान्दार र कर्तव्यनिष्ठ हुनुहुन्थ्यो, उहाँलाई काम लगाएपछि पक्का हुन्थ्यो, कसरी घटना भयो हामी सबै आश्चर्यमा छौँ”, आयोगका प्रवक्ता डा रुपाखेतीले भन्नुभयो । सोमबार दिनभरि नै केसीले कार्यालयमा काम गरेको कर्मचारीले बताएका छन् ।

केसीका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा हाल अष्ट्रेलियामा रहेको उहाँका दाइ मधु केसीले राससलाई बताउनुभयो । “सुसाइट नोटमा म आफैँ जिम्मेवार छु भनेर लेखिएको छ, हलको बोर्डमा मार्करले पनि लेखेको भनिएको छ, अनुसन्धानपछि घटनाबारेमा प्रहरीले खुलाउँला ।” दाइ मधुले प्रतिक्रिया दिनुभयो ।

उहाँका अनुसार आवश्यक कागजात मिलाउँदा समय नपुगेकाले बुधबार मात्रै शवपरीक्षण गरिने भएको छ । प्रहरीले घटनाको मुचुल्का उठाएर अपराह्न नै शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगेको छ । मुद्रण विभागको भवनमा योजना आयोगले कार्यालय सारेको केही वर्ष भयो । यहाँ मुद्रणको काम हुने भएकाले राति पनि खुला हुने गरेको थियो । प्रहरीका अनुसार राति नै उनी कार्यालयमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group