ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशमा सार्वजनिक खरीद नियमावली निर्माण


एबीसी न्यूज
३ भदौ २०७६, मंगलबार   ९ : ०८   बजे

 

काठमाडौं, ३ भदौ । सार्वजनिक खरीदसम्बन्धी सङ्घीय सरकारले बनाएको ऐनबमोजिम प्रदेशमा काम गर्न अनुकूल हुने गरी प्रदेश नं ५ सरकारले सार्वजनिक खरीदसम्बन्धी प्रदेश नियमावली, २०७६ निर्माण गरेको छ ।

प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले सङ्घीय सरकारले निर्माण गरेको नियमावलीअनुसार सार्वजनिक खरीद कार्यका लागि विशिष्ट तहका अधिकृतबाट स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको छ । सो व्यवस्थाअनुसार प्रदेशमा विशिष्ट तहका अधिकृत प्रमुख सचिव मात्र रहने भएकाले सम्बन्धित मन्त्रालयको काम मन्त्रालयकै सचिवले नै स्वीकृत गर्ने व्यवस्था प्रदेश नियमावलीमा गरिएको छ ।

प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो ।यस्तै बैठकले केही दिन अघिमात्र स्थापना भएको प्रदेश लोक सेवा आयोगका लागि आवश्यक कर्मचारी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । आयोगमा तत्काल १३ जनाको दरबन्दी स्वीकृत गरिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

बैठकले प्रदेशअन्तर्गतका राप्ती प्रादेशिक अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा विकास समिति गठन आदेश २०७६ लाई स्वीकृत गर्ने निर्णय गरेको छ । यो आदेश स्वीकृतपछि लामो समयदेखि रिक्त विकास समिति गठन गर्ने बाटो खुलेको छ ।गठन आदेशमा प्रादेशिक अस्पतालको नीतिगत व्यवस्था, स्रोत परिचालन तथा व्यवस्थापन, पूर्वाधार तथा उपकरणको व्यवस्था, चिकित्सा तथा अन्य स्वास्थ्य सेवाको स्तर वृद्धि गरी अस्पताललाई विकास गर्न विकास समितिको गठन गरिने व्यवस्था गरिएको छ ।

विकास समितिमा स्नातक तह उत्तीर्ण गरी स्वास्थ्य तथा अन्य क्षेत्रमा २० वर्ष वा अस्पताल व्यवस्थापन वा व्यवस्थापनको अन्य क्षेत्रमा कम्तीमा १० वर्ष सेवा गरेका व्यक्तिलाई प्रदेश सरकारले अध्यक्षमा मनोनीत गर्ने व्यवस्था गरिएको छ ।

अध्यक्षसहित तीन सदस्यीय विकास समितिमा प्रदेश सरकारले मनोनीत गरेको समाजको लब्धप्रतिष्ठित महिला र मन्त्रालयले तोकेको मन्त्रालय वा सोअन्तर्गत कुनै पनि निकायका ११ औँ तहको कर्मचारी सदस्य रहने व्यवस्था गरिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।यस्तै प्रदेशमा रहेका मदरसालाई प्रदेश सरकारको मूलप्रवाहमा ल्याएर सञ्चालन गर्ने व्यवस्था मिलाउन प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन कार्यविधि २०७६ समेत स्वीकृत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group