ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगलागीको प्रमुख कारण मानविय लापरवार्ही– जुद्ध बारुणयन्त्र ( भिडियोसहित)


एबीसी न्यूज
४ भदौ २०७६, बुधबार   ११ : ३८   बजे

काठमाडौं, ४ भदौ ।  काठमाडौं उपत्यकामै मासिक २० देखि २५ ओटा आगलागीका घटना घट्ने गरेको काठमाडौं महानगरपालिकाको जुद्ध बारुणयन्त्रले जनाएको छ ।

आगलागीको प्रमुख कारण विद्युत सट नै हुने गरेको विगतको ३ वर्षको कुल तथ्यांक पनि छ । तसर्थ, आगलागी भईसकेपछि समाधान खोज्नुभन्दा दिर्घकालिन रुपमा आगलागी हुनै नदिन विद्युत प्राधिकरण लगायत सबैले ध्यान दिनुपर्ने जुद्ध बारुणयन्त्रले जनाएको छ ।
घटना संख्या र यसबाट हुने क्षतिको हिसाबले गैरप्राकृतिक विपत् आगलागीलाई पहिलो स्थानमा लिन सकिन्छ ।

काठमाडौंमै पनि हरेक दिनजसो कहीँ न कहीँ आगलागीबाट मानविय र भौतिक क्षति भैरहेको छ । अघिल्लो साउन महिनामा मात्रै उपत्यकामा मात्रै २५ भन्दा बढी आगलागी भएको काठमाडौं महानगरपालिको जुद्ध बारुणयन्त्रको तथ्यांक छ ।

अव्यवसिथत विद्युतीय जडान एवम् विद्युतीय चुहावट कम हुन सके राजधानीमा हुने आगलागीको घटना पनि कम हुन सक्ने सरोकारवालाहरुले बताउदै आएका छन् । महानगरको जुद्ध बारुणयन्त्रका प्रमुख लिलाराज गाछा मगरले आगलागी भइसकेपछि समाधान खोज्नु भन्दा पनि आगलागी हुनै नदिन तर्फ सम्बन्धित सबैको ध्यान जानुपर्ने बताएका छन् ।

विशेषगरि अति प्रज्जवनलशील पदार्थ भण्डारण भएको पेट्रोलपम्प, ग्याँस सिलिण्डर र विद्युतका कारण आगलागी हुने गरेको छ । यसबाहेक आँधीहुरी र प्राकृतिक कारण पनि बेलामौका नसोचेका आगलागी हुने गरेका छन् । आगलागीबाट क्षति कम गर्न अहिले विभिन्न स्थानमा फायर अलार्म, फायर हाईड्रेन्ट जस्था अलार्महरु राखिएका छन् ।

काठमाडौंमा विशेष त विद्युतकै कारण आगलागी हुने गरेका छन् कारण विद्युत व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरणले नै विशेष ध्यान दिन आवश्यक छ ।

राजधानीमा अव्यस्थित ढंगबाट जथाभाबी टाँगिएको तार र गरिएको विद्युत जडानका कारण आगलागी मात्रै भएको छैन, यसले सुन्दर नगरी काठमाडौंको सौन्दर्यतालाई नै कुरुप बनाएको छ । शहरी सौन्दर्यतालाई ध्यानमा राखि काठमाडौंको विदुत वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य आगामी दिनमा विस्तार गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

उनले कार्यक्षमता अभिवृद्धि गर्दै विद्युत चुहावटलाई नियन्त्रण गर्न र उत्कृष्ट सेवा प्रवाह गर्न प्राधिकरणले आगामी दिनमा आधुनिक प्रविधिको प्रयोगमा जोड दिईने पनि जानकारी दिएका छन् ।

लोडसेडिङ घटेपनि मानविय चाहाना बढ्दै गएका छन् । तसर्थ विद्युत प्रणालीमा भएको गुण्स्तरका कारण पनि आगलागीका घटना घटेका हुन् । तसर्थ, विद्युत वितरणको गुस्तरमा पनि सुधार गर्दै लानुपर्ने ऊर्जा, मन्त्रालयका जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए ।

आगलागी हुनुमा प्रमुख कारण त मानविय लापारबाही पनि रहेको महानगरको जुद्ध बारुणयन्त्रले जनाएको छ । तसर्थ, विद्युतीय सामाग्री उपभोगकर्ताहरुले पनि यसबाट सावधानी अपनाएमा र पूर्वतयारी अवस्थामा रहन सकेमा दुर्घटना भैहाले पनि क्षति कम हुन मद्दत पुग्ने बारुणयन्त्रले सुझाव दिएको छ ।

देशको राजधानीमै दिनँहु जसो आगलागी हुन्छ भने हामीकहाँ आगलागीसम्बन्धी जनचेतनाको स्तर कस्तो छ, सहजै अनुमान गर्न सकिन्छ । तसर्थ, अहिलेको अवस्थामा आगलागीबाट हुने जोखिम र क्षति कम गर्न हरेक घर–घरमा सूचक साईरनहरु राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group