ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२ बर्ष देखी जग्गाको मुअब्जा नपाएउदा स्थानीय चिन्तित (भिडियोसहित)


एबीसी न्यूज
४ भदौ २०७६, बुधबार   २ : १०   बजे

वीरगंज, ४ भदौ । वीरगंज माहानगरपालिका १७ श्रीसिया र वडा नम्बर १७ अलौमा रहेको आईसिपी भन्सार र आर्दश चोकको बीचमा रहेको ६२ बिगाहा जग्गा अतिक्रमण गरी सरकारले किनबेच र घर निर्माण गर्न २०७४ साल देखी रोक्का गरेपनि जग्गाको मुअब्जा नपाएउ“दा स्थानीय भने चिन्तित बनेका छन् ।

सरकारले एका तर्फ जग्गा धनीलाई दुई बर्ष देखी मुआवजा नदिएका कारण जग्गा धनी निकै आक्रोसित पनि बनेका छन् । बिहेबारी र अन्य कामका लागी जग्गा बेचेर नै सबै काम गर्नुपर्ने अवस्थामा पनि जग्गा सरकारले रोक्का राखेर बिक्री गर्न नपाउ“दा पीडा महसुस हुने गरेको केहि स्थानीयको भनाई छ । सरकारको बेवास्ताका कारण जग्गा धनीले समयमा मुआवजा पाउन नसकेको स्थानीय बताउ“छन् ।
वीरगंज २५ श्रिसियाको आर्दशचौक टोलमा रहेको ६२ बिगाहा जग्गा र त्यसमा रहका घरहरुको सरकारले अतिक्रमण गरेको छ । बिगत दुई बर्ष देखी बीरगंजको मालपोत कार्यालयमा रोक्का गरी राखेको उक्त जग्गाको धनीले हाल सम्म पनि मुअवजा पाउन नसकेको हुन् ।

वीरगंज देखी करिव ५ किलोमिटर पश्चिममा रहेको एकिकृत चेकजाच चौकी ( आईसिपी ) भन्सार र सुख्खाबन्दरगाहको बिचमा रहेको वीरगंज माहानगरपालिका २५ श्रीसियाको आर्दशचौक टोलको उक्त जग्गामा करिव ४ सय घरहरु बनिसकेका छन् । सरकारले रोक्का गरी राखेको जग्गाको मुअवजा प्रतीधुर २५ लाख रुपैया“ र घरको उचित मुआब्जा दिनु पर्ने र उचित मुआब्जा नदिए आ“फुहरुले आन्दोलन गर्ने जग्गा धनी बताउ“छन् ।

सरकारले एकातिर जग्गा रोक्का गरी राखेको छ भने अर्को तिर आज/भोली भन्दै बिगत २ बर्ष देखी आलटाल गरेकै कारण स्थानीयमा चरम निरासा पैदा भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई सरकारले रोक्का गरि राखेको जग्गाको मुआब्जाको रकम धेरै भएकाले जग्गा धनि स“ग छलफल गरेर यो बिषय लाई छिटै टुङगाउने बताउ“छन् । सरकारले रोक्का गरेको जग्गाको जग्गा धनीहरुले अत्याधिक बढी मुआवजा माग गर्ने गरेका छन् । जसले गर्दा पनि यो काममा ढिलाई हुदै गएको छ । अव भने सरकारले समयमै जग्गा धनिहरुलाई मुआब्जा दिन तर्फ लाग्नु पर्छ । अन्यथा सरकार प्रति स्थानीय जनताको आक्रोसको पारो झनै बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group