ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्शुराममा हैजा भएको पुष्टि, ८१ बिरामी


एबीसी न्यूज
४ भदौ २०७६, बुधबार   ८ : १९   बजे

काठमाडौं, ४ भदौ । डडेल्धुराको भित्री मधेशमा पर्ने पर्शुराम नगरपालिका–८ जमरानीमा गम्भीर खालको झाडापखाला ‘हैजा’को प्रकोप देखिएको छ । नगरपालिकाअन्तर्गत सानखोला र धाँदलीफाटाबाट फैलिएको प्रकोप नजिकै रहेकोे गुप्टेगाडा भन्ने गाउँमा पनि देखिएको चिकित्सकले जनाएका छन् ।

बिरामीको दिसाको नमूना परीक्षण गर्दा गम्भीर खालको झाडापखाला ‘हैजा’कै जिवाणु भेटिएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इञ्चार्ज ईश्वरी भुसालले बताउनुभयो । पानीको नमूना परीक्षणमा दिसामा मात्र पाइने ब्यक्टेरिया ‘इकोलाई’ भेटिएकाले महामारी यसैबाट फैलिएको उहाँको भनाइ छ ।

हैजा हो भन्ने पुष्टि भएको छ । हैजा पानीबाट सरेको हुनसक्ने चिकित्सकको भनाइ छ । यो अहिले नियन्त्रण बाहिर रहेको छ । लगातार बिरामी आएका छन् एउटामात्र क्लिनिकमा पाँच जना स्वास्थ्यकर्मीले उपचार गरिरहेका बताइएको छ । स्वास्थ्यकर्मीको कमीका कारण पनि हैजाको सङ्क्रमण बढी रहेको स्थानीयले बताएका छन् ।

पर्शुरामका तीन गाउँमा अहिलेसम्म ८१ जनामा गम्भीर खालको झाडापखाला ‘हैजा’ देखिएको साँदनी स्वास्थ्य चौकीका प्रमुख आनन्दकुमार यादवले जानकारी दिनुभयो । एक जना गर्भवती, सात बालबालिका र अन्य ७३ जनालाई हैजा भएको पुष्टि भएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इञ्चार्ज भुसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आठ दिनदेखि रातदिन स्वास्थ्यकर्मीको टोली उक्त स्थानमा काम गरिरहेका छन् तर पनि हैजा नियन्त्रणमा लिन सकिएको छैन ।” साउन २९ गते पहिलोपटक झाडापखालाको प्रकोप देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group