ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी, उपनिर्वाचनका लागि करिब ४० करोड रुपैयाँ आवश्यक


एबीसी न्यूज
५ भदौ २०७६, बिहिबार   ९ : १४   बजे

काठमाडौं, ५  भदौ  । निर्वाचन आयोगले यहि मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी सुरू गरेको छ। एउटा संघीय निर्वाचन क्षेत्र, तीन वटा प्रदेश सभा र ४६ वटा स्थानीय तहमा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग खर्च माग गरिसकिएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकरी दिनुभयो । उपनिर्वाचनका लागि करिब ४० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको हुदाँ एक साताअघि नै सरकारसँग खर्च मागिसकिएको खरेलले जानकारी दिनुभयो । यस उपनिर्वाचनमा साउन १६ गतेसम्म १८ वर्ष पूरा भएका नेपाली नागरिकले उपनिर्वाचनमा मतदान गर्न पाउने छन् ।

खरेलका अनुसार उपनिर्वाचनका लागि आयोगले ४० वटा कामहरू गर्नुपर्नेछ। त्योमध्ये मतदाता नामावली अद्यावधिक पनि एक हो। मतदाता नामावलीका लागि काम भइराखेको र अन्तिम रूप दिने तयारी भएको र भदौसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक गरिने तयारीमा आयोग जुटेको छ । मतदाता नामावलीलाई सम्बन्धित निर्वाचन क्षेत्रमा दाबी विरोधका लागि पनि आयोगले पठाउने प्रवक्ता खरेलले जनाएका छन् । २०७४ सालमा भएको स्थानीय तह, प्रदेश र संघीय चुनावमा निर्वाचित जनप्रतिनिधिको पद समयावधि नसकिँदै कुनै कारणले रिक्त भएको खण्डमा उपनिर्वाचन हुन्छ। आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशैभरका स्थानीय तहलाई रिक्त जनप्रतिनिधिको पदको विवरण पठाउन आग्रह गरेको थियो। स्थानीय तहले विवरण पठाएपछि कार्यकारी पदमा मात्रै निर्वाचन गर्न लागिएको हो।

वडाध्यक्ष, गाउँ/नगरका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सांसद र संघीय सांसदका लागि उपनिर्वाचन गर्न लागिएको हो। गण्डकी प्रदेशस्थित कास्की निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन हुँदैछ। यहाँ पूर्वमन्त्री रवीन्द्र अधिकारीले चुनाव जित्नुभएको थियो । उहाँको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो।

गण्डकी प्रदेशकै बाग्लुङस्थित प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को (ख) मा पनि प्रदेश सभा सांसदका लागि उपनिर्वाचन हुँदैछ। प्रदेश नम्बर ३ को भक्तपुरस्थित निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क्षेत्र(क)सांसद हरिशरण लामिछानेको निधन भएकाले त्यहाँ पनि उपनिर्वाचन हुँदैछ।

प्रदेश नम्बर ५ को दाङ प्रतिनिधिसभा क्षेत्र ३ अन्तर्गत प्रदेशसभा क्षेत्र २ मा पनि उपनिर्वाचन हुँदैछ। त्यहाँबाट प्रदेश सांसद चुनिएका उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन भएको थियो। ४६ स्थानीय तह (गाउँनगर) मा उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group