ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट अभावले सञ्चालन हुन सकेन थारू सङ्ग्रहालय


एबीसी न्यूज
५ भदौ २०७६, बिहिबार   १ : ०६   बजे

कञ्चनपुर, ५  भदौ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित पर्यटकीय क्षेत्र भम्केपानीमा निर्माण गरिएको थारू सङ्ग्रहालय भवन बजेट अभावले सञ्चालन हुन सकेको छैन ।

स्थानीय थारू जनजाति आदिवासी समुदायले बसोबास गर्ने परम्परागत शैलीको घर निर्माण गरिएको झण्डै तीन वर्ष बित्नै लागे पनि सङ्ग्रहालयमा राखिने वस्तुहरुका लागि आवश्यक रकमको व्यवस्था गर्न नसक्दा भवन उद्घाटन हुन नसकेको हो ।
आव ०७४/७५ को नगरपालिकाको वडा कार्यालयको रु पाँच लाख र स्थानीय बासिन्दाको श्रमदानमा सङ्ग्रहालय भवन निर्माण गरिएको थियो । निर्माण गरिएको भवन गत वर्ष हात्तीको झुण्डले भत्काउँदा निकै क्षति पुगेको थियो । गत वर्ष नै भवन मर्मत गरिएको छ ।

सङ्ग्रहालयमा थारू समुदायका पहिरन, गहना, सहनसहनका परम्परागत सामग्रीको व्यवस्था गर्न र भवनको सुरक्षार्थ कर्मचारीको व्यवस्था गर्न बजेट अभाव हँुदा सङ्ग्रहालय उद्घाटन भई सञ्चालन हुन नसकेको वडाध्यक्ष बहादुर सिंह महराले बताउनुभयो ।“वडाका लागि विनियोजन हुने थोरै बजेटले सङ्ग्रहालयका लागि सामग्री जुटाउन निकै गाह्रो छ”, उहाँले भन्नुभयो, “सङ्ग्रहालय सञ्चालनका लागि तत्काल रु ३० लाखभन्दा बढी बजेटको आवश्यकता छ । त्यो जुटाउन नसक्दा सङ्ग्रहालय भवन अलपत्र अवस्थामा परेको छ ।”

वडाको थोरै बजेटले थोरै सामग्री राखेर यस वर्षको माघीमा उद्घाटनसम्म गर्ने भन्ने सोच रहेको उहाँले बताउनु भयो । दातृ निकाय र अन्य क्षेत्रबाट बजेटको व्यवस्था गरेर सामग्री राखिने उहाँको भनाइ रहेको छ । बस्तीभन्दा निकै टाढा सङ्ग्रहालय भवन रहेकाले सुरक्षा अर्को चुनौतीका रुपमा रहेको छ ।

थारू सङ्ग्रहालय भवन निर्माण गरिएको क्षेत्रसँगै जोडिएको भम्का पर्यटकीय क्षेत्रमा रहेको पानीको कुण्डमा हिउँदमा तातो र गर्मीमा चिसो पानी हेर्नकै लागि दर्जनौँको सङ्ख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् ।
कुण्डमा रहेको पानी आफँै माथि उफ्रिने भएकाले यसको दृश्य नियाँल्न र क्यामेरामा कैद गर्न पर्यटक यहाँ पुग्ने गर्दछन् । यो क्षेत्र थारू समुदायको ठूलो तीर्थका रुपमा समेत रहेको छ । माघे सङ्क्रान्तिका बेला यस क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ ।

मेलामा आउनेहरुले कुण्डमा नुहाएमा सबै पाप कर्म नाश हुने र चर्मरोग हटेर जाने विश्वासका साथ यहाँ पुग्ने गरेको स्थानीयवासी डिल्ली चौधरीले बताउनुभयो । यस क्षेत्रप्रति थारू समुदायको अगाध श्रद्धा रहेकाले उनीहरुले सोमबारे औँसी, माघेसङ्क्रान्ति बेला यस क्षेत्रमा पुगी पूजा गरी कुण्डमा अनिवार्य नुहाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu