ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिविको उपकुलपति रिक्त, त्रिवि भिजन उपलब्धि– खनियाँ


एबीसी न्यूज
५ भदौ २०७६, बिहिबार   २ : ५५   बजे

काठमाडौं, ५  भदौ  । त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति डा तीर्थराज खनियाँले आफ्नो चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै चुनौतीकाबीच त्रिविको दशवर्षे रणनीतिपत्रसमेत तर्जुमा गरेको बताउनुभएको छ ।

त्रिविले राष्ट्रिय सम्मेलन गरी ‘त्रिवि भिजन २०२०–२०३०’ जारी गरेको थियो । डा खनियाँले जारी गर्नुभएको विज्ञप्तिमा भूकम्पले अधिकांश भौतिक संरचना ध्वस्त बनाएको र अस्थायी शिक्षक आन्दोलनमा रहेका समस्यमा आफूले जिम्मेवारी लिएको र हाल पुनःनिर्माण र शिक्षक व्यवस्थापनका कार्य सम्पन्न भएको जिकिर गर्नुभयो । डा खनियाँ २०७२ भदौ ७ गते नियुक्त हुनुभएको थियो ।

त्रिविलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्न त्रिवि गुणस्तर प्रमाणीकरण तथा प्रत्यायन केन्द्र स्थापना गरी क्याम्पस तथा केन्द्रीय विभागलाई केन्द्रको प्रमाणपत्र लिने प्रावधान राखिएको तथा केन्द्रीय क्याम्पस, कीर्तिपुरमा मात्र लागु गरिएको स्नातकोत्तर तहको सेमेस्टर प्रणाली उपत्यका हुँदै मुलुकभरका क्याम्पसमा विस्तार गरिएको उहाँले जानकारी दिनुभयो ।

आफ्नो कार्यकालमा परीक्षालाई व्यवस्थित गर्न परीक्षा नियन्त्रण कार्यालयमा नयाँ सफ्टवयर प्रयोगमा ल्याई तीनदेखि पाँच महीनाभित्रै नतिजा प्रकाशन गर्ने तथा व्यवस्थापन सङ्कायअन्तर्गत डीनको कार्यालयबाट सञ्चालित परीक्षाको साढे दुई महीनामा नै नतिजा प्रकाशन गर्ने र ट्रान्सक्रिप्ट २४ घण्टाभित्र दिने प्रक्रिया शुरु भएको खनियाँको भनाइ छ ।

यस अवधिमा त्रिवि ‘टाइम्स हाइयर एजुकेसन’ ले गरेको विश्वविद्यालयस्तर निर्धारणमा संसारभरिका २५ हजारमध्ये त्रिवि ८०१ देखि एक हजारसम्म र एशियाका २५१ देखि ३०० विश्वविद्यालयमा पर्न सफल भएको छ । पछिल्लो समयमा त्रिविको लोकसेवा आयोग र परीक्षा नियन्त्रण कार्यालयमा भएका अनियमितताका सम्बन्धमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group